मोरङ, २३ मंसिर । नेत्रविक्रम चन्दले नेतृत्व गरेको विप्लव समूहले मोरङमा एक शिक्षकलाई गोली हानी हत्या गरेको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय राजेन्द्र श्रेष्ठको आज (मंगलबार) बिहान गोली हानी हत्या भएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक खड्काका अनुसार स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई विप्लव माओवादीका कार्यकर्ताले मंगलबार बिहान घरबाट अपहरण गरी नजिकैको बर्खे जंगलमा लगेर गोली हानी हत्या गरेका हुन् ।
चार पाँच जनाको संख्यामा आएका विप्लव समूहका कार्यकर्ताले विहान सवा ६ वजे तिर शिक्षक श्रेष्ठलाई घरवाट अपहरण गरेको मोरङ प्रहरीले जनाएको छ ।
