Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तद्धारा रुपन्देहीको देवदह मेडिकल कलेजमा प्रदर्शन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तद्धारा रुपन्देहीको देवदह मेडिकल कलेजमा प्रदर्शन

संसारपोस्ट संवाददाता · २३ मंसिर २०७७ · 0
चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तद्धारा रुपन्देहीको देवदह मेडिकल कलेजमा प्रदर्शन
120
SHARES
ShareTweet

बुटवल,२३ मंसिर । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले रुपन्देहीको भलुही स्थित देवदह मेडिकल कलेज घेराउ र प्रदर्शन गरेका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका– १० की ३१ वर्षीया राधा थारुको अप्रेशन गरी बच्चा जन्माएको केही समयमा मृत्यु भएपछि घटनाको छानविन, दोषीलाई कारबाही र क्षतिपूर्ति माग गर्दै मृतकका आफन्तले प्रदर्शन गरेका हुन् ।
मंसिर १७ गते अस्पताल भर्ना भएकी थारुको शल्यक्रिया गरेर १८ गते बिहान ५ बजे शिशुु जन्माइएको थियो । बच्चा जन्माएको चार घण्टासम्म स्वास्थ्य अवस्था राम्रो रहेको र कुराकानी पनि भएको तर एक्कासी अप्रेशन गरेको ठाउँबाट रक्तश्राव हुन थालेपछि सोही दिन आईसीयूमा राखेर बिहान ११ बजे दोस्रो शल्यक्रिया गरिएको थियो । दोस्रो अप्रेशनपछि पनि रक्तश्राव नरोकिएपछि पाठेघर निकाल्न राति पुनः तेस्रो अपरेसन गरिएको मृतककी दिदी फुलमति थारुले जानकारी दिनु भयो । अपरेसन गरेर बच्चा जन्माएकी राधालाई १३ पिन्ट (पोका) रगत चढाइएको उहाँले बताउनु भयो । रक्त सञ्चार केन्द्रमा पटक पटक रगत लिन जँंदा यति धेरै रगत त आवश्यक नपर्ने भनेर रक्त सञ्चारका कर्मचारीले आशंका गर्दै बिरामीलाई हेर्न भनेपछि हेर्न जाँदा जिब्रो बाहिर निक्लेको अवस्थामा बहिनीलाई देखेको फुलमतिले बताउनु भयो ।
आफूहरुले सुत्केरीको मृत्यु भएको देखेर स्वास्थ्यकर्मीसँग कुरा गर्दा जीवित रहेको दावी गर्दै मुख बाहिर आएको जिब्रोलाई निप्पलले मुखभित्र धकेलेको उहाँको दाबी छ । मेडिकल कलेजले अपरेशनका क्रममा लापरबाही गरेका कारण सुत्केरीको मृत्यु हुन पुगेको आफन्तको दावी छ । लापरबाही नभएको भए तीन दिनसम्म सुत्केरीलाई हेर्न किन दिइएन भन्ने आफन्तको प्रश्न छ । सुत्केरीको मृत्यु भएपछि पनि उपचार भइरहेको छ भनेर आफुहरुलाई ढाँटिएको आफन्तहरुको आरोप छ । मेडिकल कलेजले उपचारमा गम्भीर लापरबाही गरेर तीन दिनसम्म सुत्केरीको अवस्थाको यथार्थ जानकारी नदिएको मृतकका श्रीमान् हिरालाल थारुले बताउनु भयो ।
आइतबार दिउँसो मात्रै मेडिकल कलेजले सुत्केरीको मृत्यु भएको घोषणा गरेको थियो । तर त्यसअघि नै शनिबार मृतकका आफन्तसँगको छलफलमा चार लाख रुपैयाँ दिन र उपचार खर्च नलिन तयार भएको हिरालालले जानकारी दिनु भयो । उपचार खर्च नलिने र चार लाख रुपैयाँ दिन्छौं भन्ने कुराले उपचारमा लापरबाही भएको पुष्टि भएको थारुको दाबी छ । सुत्केरीको उपचारमा डा.संजिव योञ्जनको टोली सहभागि भएको मेडिकल कलेजले जनाएको छ । मेडिकल कलेजका मेडिकल सुपेरिटेन्डेन्ट डा. बिक्रम ज्ञवालीले भने उपचारमा लापरबाही नभएको दाबी गर्नुभयो ।

≪ Previous Post

कस्तुरीको बिना सहित रुपन्देहीको देवदहबाट ३ जना पक्राउ

Next Post ≫

मोरङमा विप्लव समूहद्वारा शिक्षकको गोली हानी हत्या

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क