Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुटवलको दानव नदी कोरिडोरमा विवाद, बैकल्पीक व्यवस्था विना कोरिडोर निर्माण गर्न नदिने भन्दै ज्ञापनपत्र
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलको दानव नदी कोरिडोरमा विवाद, बैकल्पीक व्यवस्था विना कोरिडोर निर्माण गर्न नदिने भन्दै ज्ञापनपत्र

संसारपोस्ट संवाददाता · १८ मंसिर २०७७ · 0
बुटवलको दानव नदी कोरिडोरमा विवाद, बैकल्पीक व्यवस्था विना कोरिडोर निर्माण गर्न नदिने भन्दै ज्ञापनपत्र
140
SHARES
ShareTweet

बुटवल १८ मंसिर
बुटवलमा निर्माण गर्ने भनिएको निकै महत्वाकांक्षी तिनाउ दानव कोरिडोरमा विवाद उत्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११, १२ , १३ र १४ नम्बरका दानव नदी कोरिडोर निर्माण स्थलका स्थानियले आफुहरुको बैकल्पीक व्यवस्था विना कोरिडोर निर्माण गर्न नदिने चेतावनी दिएका छन । नगरका ४ वटा वडाका ७ वटा टोल विकास संस्थाको सम्युक्त संघर्ष समितिले विहिवार भेला गरि कोरिडोर क्षेत्रले प्रभाव पार्ने स्थानिय अव्यवस्थित र व्यवस्थित घर घडेरीलाई पहिला व्यवस्थापन गरेर मात्र विकास गर्न माग गरेका छन । गरीव जनताको ग्यांस वांसको व्यवस्था विना कोरिडोर निर्माण गर्न नदिने भन्दै विहिवार डिभिजन सडक कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका, ४ वटा वडा कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको संघर्ष समितिका अध्यक्ष बावुराम उपाध्यायले बताउनु भयो ।
ज्ञापनपत्रमा उनिहरुले खोलाको क्षेत्रफल ,सडकको भाग, फुटपात, हरियाली क्षेत्र लगायतको केकती क्षेत्रफल हो टुङगाउन, अर्थमन्त्री विष्णु पौडेलले भनेको र सडक कार्यालयको ईन्जिनियरले भनेको विषयमा फरक तथ्याङक सार्वजनिक भएकोले नदी तटीय क्षेत्रका जनतामा समस्या भएको उल्लेख गरेका छन ।
उनिहरुले कोरिडोर निर्माणको काम शुरुको जिरो विन्दुवाट शुरु नगरेर बिच भागवाट गर्न पनि नहुने माग गरेका छन ।
त्यस अघि भेलामा वोल्दै नेपाली कांग्रेसका बुटवल उपमहानगर पालिकाका सभापति खेलराज पाण्डेले विकास रोक्ने भन्दा पनि पहिला गरिव जनताको व्यवस्थापनको ग्यारेन्टी गरेपछि मात्र कोरीडोर निर्माण गर्न माग गर्नु भयो । उहाँले नदी किनारामा वसेका गरिव जनताको मन र आसुको व्यवस्थापन गरेर मात्र विकासमा जुट्न सत्ता संचालकलाई आह्वान गर्नु भयो ।भेलामा वडा नम्बर ११ का सदस्य नहकुल शाही, १४ का सदस्य युवराज सारुलेआफुहरुलाई कोरिडोरको वारेमा जानकारी नभएको बताएका थिए । नेकपा १३ नम्बर ईकाई अध्यक्ष दीपक पन्थी राष्ट्रिय जनमोर्चाका टन बहादुर केसीले जनताको भावना विपरित गएर विकास गर्न नहुने धारणा राख्नु भएको थियो । सयौ स्थानियको सहभागिता रहेको भेलामा गरिव जनताको उठिवास गरेर विकास गर्न पदैन, पहिला गरिव जनताको आखाँको आसु पुच्ने काम गरेर मात्र विकास गर्न माग गरिएको थियो ।

≪ Previous Post

बुटवलमा विजनेश ग्रोथको लागि विजनेश ईन्कुवेशन , उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास

Next Post ≫

बुटवलमा भएको अन्तरक्रियाः स्थानीयतह जवाफदेही भएनन्

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क