Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा विजनेश ग्रोथको लागि विजनेश ईन्कुवेशन , उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा विजनेश ग्रोथको लागि विजनेश ईन्कुवेशन , उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास

संसारपोस्ट संवाददाता · १७ मंसिर २०७७ · 0
बुटवलमा विजनेश ग्रोथको लागि विजनेश ईन्कुवेशन , उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
120
SHARES
ShareTweet

बुटवल, १७ मंसिर
बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गरेको नवउद्यमशाला (विजनेश ईन्कुवेशन) कार्यक्रमको कार्यालय उद्घाटन गरिएको छ । उक्त कार्यालयको बुधबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले उद्घाटन गर्नुभएको हो । नव उद्यमीहरुलाई प्रवद्र्धनको लागि सञ्चालन गरिएको विजनेश ईन्कुवेशन कार्यालयको लागि बुटवलको संगमपथमा रहेको बुटवल उद्योग बाणिज्य संघको पुरानो भवनमा कार्यालय स्थापना गरिएको हो ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देही, अन्तरप्रेरणा प्राली, लुम्बिनी बाणिज्य क्याम्पस बुटवल र युवा उद्यमी मञ्च रुपन्देहीको सहकार्यमा बुटवलमा विजनेश ईन्कुवेशन कार्यक्रम सञ्चालन गरिएको छ । कोरोना महामारीका कारण चैतदेखि नै सुरु गर्ने तयारी गरिएपनि असारदेखि सुरु भएको थियो । यो कार्यक्रम ९ महिनासम्म सञ्चालन हुने छ ।
त्यस अवसरमा बोल्दै बुटवलका मेयर सुवेदीले विजनेश ईन्कुवेशन कार्यक्रम बुटवल नगरपालिकाको लक्ष्य उद्यमशिलता बिकाससंग जोडिएको बताउनु भयो । उहाँले उद्यमशिलता बिकासको लागि शुन्य व्याजमा लगानी व्यबस्थापन गर्ने नगरपालिकाले तयारी गरेको बताउँदै संघीय सरकार तथा प्रदेश सरकारले समेत न्यून व्याजदरमा लगानी गर्ने नीति लिएकोले त्यसले उद्योग धन्दा व्यबसाय सञ्चालनमा सहज बनाउने विश्वास व्यक्त गर्नुभयो । मेयर सुवेदीले कहीँ पनि सरकार आफैले सबैथोक नगरेको भन्दै सबैको सहकार्यमा उद्यमशिलता बिकास र त्यसकै माध्यमबाट मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकिने बताउनु भयो ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालले सरकारलाई सहयोग गर्नेगरी प्रोजेक्टहरु सञ्चालन गरिएको जानकारी गराउँदै त्यस्ता प्रोजेक्टहरुमा सहयोग गर्न मेयर सुवेदीसंग आग्रह गर्नुभयो । उहाँले उद्योग बाणिज्य संघले प्रदेश संरचना स्थापनासंगै आफ्नो सचिवालय भवन प्रदेश सभा सञ्चालनको लागि सरकारलाई उपलब्ध गराएपछि बालमन्दिरमा सचिवालय सञ्चालन गर्दा पूर्वाधार संरचना नभएका कारण कार्यक्रम सञ्चालनमा समेत समस्या भएकोले प्रयाप्त प्रोजेक्टहरु सञ्चालन गर्न नसकिएको उल्लेख गर्नुभयो ।
ईन्कुवेशन कार्यक्रमको साझेदार संस्था लुम्बिनी बाणिज्य क्याम्पस बुटवलका प्रतिनीधि डिल्लीराज गौमतले उद्योग धन्दामा आवश्यक जनशक्ति उत्पादन भएपनि उद्योग धन्दा खुल्न नसक्दा उत्पादित जनशक्ति बिदेश पलायन हुन बाध्य भएको बताउँदै मुलुक भित्रै उत्पादित जनशक्ति व्यबस्थापन गर्नेगरी उद्योग धन्दा खोल्ने वातावरण बनाउनु पर्ने भनाई राख्नुभयो । युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष उमेश अमात्यले उद्यमशिलता बिकासमा मञ्चले काम गर्दै आएको जानकारी गराउँदै उद्यमशिलता बिकासकै लागि युवा उद्यमी मञ्चले एनएमबि बैंक संग १० लाख रुपैंयासम्म बिना धितो ऋण उपलब्ध गराउने गरी सम्झौता गरिएको बताउनु भयो । त्यसका लागि मञ्चको सिफारिस हुनु पर्ने छ ।
अन्तरप्रेरणा प्रालीका प्रमुख कार्यकारी अधिकृत निरज खनालले तालिम प्रदान गरेर प्रमाणपत्र दिनेभन्दा पनि उनीहरुले सञ्चालन गरेको विजनेश ग्रोथको लागि विजनेश ईन्कुवेशन कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । कार्यक्रमको सञ्चालन बुटवल उद्योग बाणिज्य संघका कार्यक्रम अधिकृत तथा ईन्कुवेशन कार्यक्रमका फोकल प्रसन केशव ढकालले गर्नुभएको थियो ।

≪ Previous Post

बुटवलको व्यस्त सडकमा लरीले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक बुटवल ८ का शर्माको निधन

Next Post ≫

बुटवलको दानव नदी कोरिडोरमा विवाद, बैकल्पीक व्यवस्था विना कोरिडोर निर्माण गर्न नदिने भन्दै ज्ञापनपत्र

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क