Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सरकार नीजि क्षेत्रसंग सहकार्य गर्न तयार ः अर्थमन्त्री पौडेल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सरकार नीजि क्षेत्रसंग सहकार्य गर्न तयार ः अर्थमन्त्री पौडेल

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७७ · 0
सरकार नीजि क्षेत्रसंग सहकार्य गर्न तयार ः अर्थमन्त्री पौडेल
90
SHARES
ShareTweet

बुटवल १५ मंसिर
अर्थमन्त्री बिष्णु पौडेलले नीजि क्षेत्रको उत्थान बिना मुलुकको अर्थतन्त्रलाई सवल गर्न नसकिने बताउनु भयो ।
रुपन्देही उद्योग संघकोे ४३ औं स्थापना दिवस तथा ४२ औं वार्षिक साधारण सभाको कार्यक्रममा भिडियो मार्फत जोडिनु भएका मन्त्री पौडेलले सरकार नीजि क्षेत्रसंग सहकार्य गर्न तयार रहेको समेत बताउनु भयो ।
उहाँले नीजि क्षेत्रकासमस्या समाधानका लागि आफूले सक्दो प्रयास गर्ने बताउनु भयो । कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण अधिकारीले नीजि क्षेत्रको समस्या समाधानको लागि सरकार तयार नभएको बताउनु भयो ।
उहाँले भन्नुभयो–‘कि समस्या समाधान नै हुन सकेका छैनन्, समाधान भएका समस्याको समेत निर्णय उल्ट्याउने काम भएको छ ।’ निर्णय भएका विषयमा समेत कार्यान्वयन पक्ष कमजोर हुँदा नीजि क्षेत्रले धेरै समस्या व्यहोर्नु परेकोधारणा राख्नु भयो ।
संघका पूर्व अध्यक्ष समेत रहेका नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले सरकारमा प्रतिनीधित्व गर्ने व्यक्तिहरुले समस्यालाई गम्भिरताका साथ नलिएकै कारण समस्या समाधान हुन नसकेको आरोप लगाउनु भयो ।
रुपन्देही उद्योग संघले प्रदान गर्ने यस वर्षको औद्योगिक पत्रकारिता पुरस्कार बुटवल टुडे दैनिकमा कार्यरत पत्रकार कृष्ण खनाललाई प्रदान गरिएको छ । कार्यक्रममा संघका अध्यक्ष बाबुराम बोहोराले प्रशंसा पत्र सहित दोसल्ला ओढाएर उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।
उक्त पुरस्कारको राशी ३५ हजार ५ सय ५५ रुपैंया रहेको छ । संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा संघका पूर्व अध्यक्षहरु प्रधुम्नलाल श्रेष्ठ, डम्बरदेव अर्याल, महेन्द्रनारायण श्रेष्ठ, सतिसचन्द्र कसौधन, एजाज आलम, तेजकुमार पाठक, बोनिन पिया, दिनेशराज रेग्मी र गणेशप्रसाद अधिकारीलाई प्रसंशा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । त्यस्तै पूर्वअध्यक्षहरु स्वर्गीय चन्द्रमान श्रेष्ठ र स्वर्गीय परमानन्द खरेललाई समेत परणोपरान्त सम्मान गरिएको छ ।
त्यस अवसरमा संघका महासविचव जिवकान्त काफ्लेले संघको वर्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदन साधारण सभाले अनुमोदन गरेको छ । संघका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

≪ Previous Post

मुलुकमा भ्रष्टाचार र कमिशनतन्त्र मौलाउदां राजावादी जुरमुराए ः सभापति शाह

Next Post ≫

नवलपुरमा स्कूल बसको ठक्करबाट एक जनाको निधन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क