Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मुलुकमा भ्रष्टाचार र कमिशनतन्त्र मौलाउदां राजावादी जुरमुराए ः सभापति शाह
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मुलुकमा भ्रष्टाचार र कमिशनतन्त्र मौलाउदां राजावादी जुरमुराए ः सभापति शाह

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७७ · 0
मुलुकमा भ्रष्टाचार र कमिशनतन्त्र मौलाउदां राजावादी जुरमुराए ः सभापति शाह
100
SHARES
ShareTweet

बुटवल १५ मंसिर
सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले मुलुकमा भ्रष्टाचार र कमिशनतन्त्र बढेका कारण राजावादीको चलखेल मौलाउदै गएको बताउनु भयो । पछिल्लो दुई साता देखी मुलुकका प्रमुख शहरहरुमा राजावादीहरुको प्रर्दशन बढिरहेको प्रसंग जोड्दै सभापति शाहले सत्ता संञ्चालकहरु भ्रष्टाचार र कमिशनमा लिप्त हुदा राजावादीहरुको चलखेल बढ्दै गएको दावी गर्नुभयो ।
विपी ग्राम सेवा केन्द्र समिति रुपन्देहीको आयोजनामा सोमवार आयोजित १५ सैया अस्पताल शिलन्यास समारोहमा बोल्दै सभापति शाहले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट सारेर विकासका गफ दिनेहरुनै राजधानीको विपक्षमा रहेको खुलासा गर्नुभयो ।
नेपाली कांग्रेसका तत्कालिन केन्द्रीय कोषाध्यक्ष स्व.रामकृष्ण ताम्राकारको परिकल्पनालाई साकार रुप दिन विपी ग्राम सेवा केन्द्रमा अस्पताल निर्माण गरिएको बताउनु भयो ।
रासायनिक मल खरिदका लागि ११ अर्वको बजेट विनियोजन गर्दा पनि कमिशन नमिल्दा सरकारले किसानको लागि मल खरिद गर्न नसकेको उहाँले आरोप लगाउनु भयोे ।
उहाँले लोकतन्त्रको सस्थागत विकास र संविधानको कार्यान्वयन नेपाली कांग्रेसको मुख्य दायित्व रहेको भन्दै त्यसका लागि नेपाली कांग्रेस एक भएर अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो ।
विकास भनेको स्वास्थ्य ,शिक्षा , रोजगारी र कृषि क्षेत्रको विकास हो भन्दै त्यसका लागि नेपाली कांग्रेसले संसदमा सशक्त आवाज उठाउदै आएको बताउनु भयो ।
नेपाली कांग्रेसका रुपन्देहीका सभापति अव्दुल रज्जाकले विपी ग्राम सेवा केन्द्रमा स्थापना हुने अस्पतालबाट असहाय तथा गरिव जनतालाई स्वस्थ्य सेवा प्रदान गर्न सहजहुने बताउनु भयो । स्वास्थ्य , शिक्षा , रोजगारी तथा पूर्वाधार विकास सरकारको दायित्व भएता पनि वर्तमान सरकार जनताका अपरिहार्य विषयमा कमजोर देखिएको टिप्पणी गर्नुभयो ।
१८ करोड ४४ लाख कुल लागतमा निर्माण गर्न थालिएको उक्त अस्पतालका लागि तिलोत्तमा नगरपालिकाले गतवर्ष ३० लाख र यस वर्ष २० लाख रकम उपलब्ध गराएको वडा नम्बर ९का वडा अध्यक्ष नारायण न्यौपानेले बताउनु भयो । कुल साढे ५ विगाहा क्षेत्रफल रहेको विपी ग्रामको अस्पताल शिलन्यास समारोहमा विपी ग्राम सेवा केन्द्रका सभापति नेत्र बहादुर राना , नेपाली कांग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकाल , विपी ग्राम सेवा केन्द्रका सल्लाहकार हरि न्यौपाने , तिलोत्तमा १७ का वडा अध्यक्ष दान बहादुर चौधरी , सेवा केन्द्रका सचिव विनोद न्यौपाने लगाएतले बोल्दै अस्पताल निर्माणले यस क्षेत्रका जनतालाई ठुलो राहात र सहायोग पुग्ने बताउनु भयो ।

≪ Previous Post

लुम्बिनी प्रदेशका पहाडी जिल्लामा आईतवारदेखि दुर्घटना न्युनिकरणको लागि १५ दिने अभियान संचालन

Next Post ≫

सरकार नीजि क्षेत्रसंग सहकार्य गर्न तयार ः अर्थमन्त्री पौडेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क