बुटवल १३ मंसिर लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले पहाडी जिल्लामा सवारी दुर्घटना न्युनिकरणको लागि १५ दिने अभियान संचालन गरेको छ ।
पछिल्लो समयमा पहाडी जिल्लामा सवारी दूर्घटना बढी रहेकोले प्रहरीले अभियान संचालन गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारले बताउनु भयो ।
पहाडी जिल्लामा संचालन हुने सवारी साधनका चालकहरुलाई प्रशिक्षण, व्यवसायीसंग समन्वय, सवारी साधनको चेकजाँच, सवारी साधनको यान्त्रिक व्यवस्था, ओभर लोड, ओभर स्पिड, मापसे चेकिङ्ग प्रभावकारी गरी दुर्घटनाको कारण र नियन्त्रणका उपायका वारेमा जानकारी गराउने रहेका छन ।
लुम्बिनी प्रदेशका पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुम पुर्व जिल्लाका ग्रामिण क्षेत्रमा सडक दुर्घटना न्युनिकरण गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयको समन्वय र जिल्ला प्रहरी कार्यालयहरु र ट्राफिक प्रहरी कार्यालयहरुले सवारी साधनका चालकहरुसंग भेटघाट, समस्या र दुर्घटना न्युनिकरणमा चालकको भुमिका बारेमा कार्यक्रम गरी दुर्घटना न्युनिकरण गर्ने अभियानमा संचालन गरिने छ । आईतवार देखि शुरुहुने कार्यक्रम मंसिर ३० गतेसम्म संचालन हुने छ ।
