Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा विजनेश हेल्थ चेकअप
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा विजनेश हेल्थ चेकअप

संसारपोस्ट संवाददाता · १२ मंसिर २०७७ · 0
बुटवलमा विजनेश हेल्थ चेकअप
40
SHARES
ShareTweet

बुटवल, १२ मंसिर
मानिसको स्वास्थ्य ठिक छ या छैन भन्ने पत्ता लगाउन स्वास्थ्य चेकजाँच गरेझै विजनेशमा पनि आफूले गरेको काम सहि बाटोमा छ छैन भन्नको लागि त्यसका सम्पूर्ण कुराहरु चेकजाँच गर्नुपर्ने हुन्छ ।
मानिसको स्वास्थ्य चेकजाँच स्वास्थ्यकर्मी चिकित्सकहरुले गर्ने गर्दछन् । तर विजनेशको स्वास्थ्य चेकजाँच कसरी गर्ने ? मानिसको स्वास्थ्य चेकजाँच त्यससम्बन्धि ज्ञान भएको स्वास्थ्यकर्मी चिकित्सकले गर्दछन भने विजनेश हेल्थ चेकअपको लागि पनि विजनेश सम्बन्धि ज्ञान भएका व्यक्तिले गर्न सक्छन् ।
सामान्यतया विजनेश हेल्थ सहि छ छैन ? के भएको छ ? के कुरा सुधार गर्नुपर्ने छ ? भन्ने कुरा जाँच्नको लागि लक्षणका आधारमा पहिचान गर्न सकिने यसका विज्ञहरु बताउँछन् । पुराना उद्योगी व्यबसायीलाई आफ्नो विजनेशको स्वास्थ्य अवस्थाको बारेमा अलिक जानकारी हुने भएपनि नव उद्यमीको लागि भने यो त्यति सजिलो छैन । यसैलाई मध्यनजर गरेर बुटवल उद्योग बाणिज्य संघ रुपन्देही, अन्तरप्रेरणा, लुम्बिनी बाणिज्य क्याम्पस बुटवल र युवा उद्यमी मञ्च रुपन्देहीको सहकार्यमा बुटवलमा ‘नव उद्यमशाला’ विजनेश ईन्कुवेशन कार्यक्रम सञ्चालन गरिएको छ ।
युवालाई लक्षित गरेर उद्यमशिताको बिकासका माध्यमबाट आर्थिक सामाजिक योगदानका लागि तयार पार्न नव उद्यमशाला कार्यक्रम सञ्चालन गरिएको बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमाल बताउनु हुन्छ । चैतबाटै सुरु गर्ने तयारी गरिएपनि कोरोना भाईरस (कोभिड–१९) महाकारीका कारण सरकारले गरेको लकडाउन अन्त्य भएसंगै असारको १५ देखि यो कार्यक्रम सञ्चालन गरिएको छ । ९ महिनासम्म सञ्चालन गरिने विजनेश ईन्कुवेशन कार्यक्रममा विजनेश सञ्चालन गर्दा आईपर्ने समस्या, समस्या समाधान गर्ने तौरतरिका, बजारको पहिचान लगायतका बिषयमा तालिम तथा कार्यशाला सञ्चालन गरिने छ । सोही अनुसारका गतिबिधिहरु सञ्चालन भईरहेको बुटवल उद्योग बाणिज्य संघका कार्यक्रम अधिकृत तथा ईन्कुवेशन कार्यक्रमका फोकल प्रसन केशव ढकाल बताउनु हुन्छ । उक्त कार्यक्रममा सहभागि हुनको लागि २५ जना नव उद्यमीले आवेदन गरेका थिए । ती मध्ये १३ जनालाई छनौट गरिएको थियो ।
विजनेश ईन्कुवेशन कार्यक्रमका प्रमुख साझेदार अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत निरज खनाल सामान्य कुरामा ध्यान नदिँदा विजनेशमा असफल भएको धेरै देखिएको बताउँदै त्यस्तै कुराहरु सुधारको लागि विजनेश ईन्कुवेशन कार्यक्रम सञ्चालन गरिएको बताउनु हुन्छ । उहाँका अनुसार विजनेशको सफलतासंग फाउण्डरको भिजन तथा मिसन, फाउण्डर फाउण्डर बिचको अन्तरसम्बन्ध, ‘रुल अफ ल’ (ऐन कानुन तथा नियम), डकुमेन्टेशन लगायतका कुराहरु अन्तरसम्बन्ध रहन्छ ।
त्यस्तै उपभोक्ताको आवश्यकता, उपभोक्तासंगको रिलेसनशिप, सम्बन्धित विषयमा ज्ञान, उत्पादित बस्तुको गुणस्तरलाई समेत ध्यान दिनुपर्ने उहाँले बताउनु भयो । ‘कतिपय ठाउँमा आफूले उपभोग गर्नको लागि र बिक्रि गर्नको लागि समेत फरक फरक उत्पादन गरेको पाईन्छ ।’ उहाँले भन्नुभयो–‘विजनेशको स्वास्थ्यलाई दिगो बनाउने हो भने यस्ता कुराहरु सुधार गर्नुपर्छ ।’
सामान्य जानकारी, व्यबसायिक मोडल, आन्तरिक प्रकृयाको व्यबस्थापन, कानुनको पालना, मानव संसाधनको व्यबस्थापन, ग्राहकसंगको सम्बन्ध, लेखा तथा बित्तिय व्यबस्थापन, बिक्रि व्यबस्थापन तथा कम्पनीप्रतिको विश्वसनीयता विजनेश हेल्थ मापनका आधार भएको उहाँले जानकारी गराउनु भयो ।
‘विजनेश हेल्थ’ विजनेश ईन्कुवेशन कार्यक्रम भित्रको एउटा पार्ट हो । तर विजनेश र त्यसको हेल्थसंग भविश्य समेत जोडिएको कारण यसलाई महत्वपूण पार्टको रुपमा लिईन्छ । ९ महिनासम्म सञ्चालन हुने यो कार्यक्रममा तालिम तथा कार्यशाला मात्रै नभएर कार्यक्रमका साझेदार नवउद्यमीहरुलाई पूर्ण रुपमा गाईड गर्ने सम्मको काम गरिने ढकाल बताउनु हुन्छ । त्यसको लागि प्राविधिक तथा औपचारिक ज्ञान भएका १८ जना मेन्टर्स समेत छनौट गरिएको छ । उनीहरु (मेन्टर)ले हप्तैपिच्छे कार्यक्रमका प्रमुख साझेदार नवउद्यमी (मेन्ट्रि)लाई गाईड गर्ने काम गर्दै आएका छन् । ‘उनीहरुलाई कसरी सफल बनाउने भन्ने कुरालाई ध्यान दिईन्छ । मुख्य त यो कार्यक्रमको प्रमुख लक्ष्य फेलियर हुन नदिने नै हो’–ढकालले भन्नुभयो ।

≪ Previous Post

दुर्घटना न्युनिकरणका लागि सैनामैनामा स्मार्ट रिफ्रेस सेण्टर

Next Post ≫

नेकपाभित्रको आन्तरिक द्धण्द्ध र भ्रष्टाचारले मुलुक बर्बादीको दिशामा ः सभापति शाह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क