Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ दुर्घटना न्युनिकरणका लागि सैनामैनामा स्मार्ट रिफ्रेस सेण्टर
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दुर्घटना न्युनिकरणका लागि सैनामैनामा स्मार्ट रिफ्रेस सेण्टर

संसारपोस्ट संवाददाता · १२ मंसिर २०७७ · 0
दुर्घटना न्युनिकरणका लागि सैनामैनामा स्मार्ट रिफ्रेस सेण्टर
70
SHARES
ShareTweet

नेताहरुमा क्रान्ति गर्ने उपलब्धीको ब्यवस्थापन गर्न नसक्ने कमजोरी ः मुख्यमन्त्री पोखरेल

बुटवल १२ मंसिर
रुपन्देहीको सैनामैनामा स्मार्ट रिफ्रेस सेण्टर स्थापना हुने भएको छ । राजमार्गमा हुने सवारी दुर्घटना न्युनिकरण र राजमार्गको सरसफाईलाई ध्यानमा राखेर लुम्बिनी प्रदेश सरकारको लगानीमा स्मार्ट रिफ्रेस सेण्टर स्थापना हुन लागेको हो । राजमार्गमा अब्यवस्थित पार्किङ गरेर फोहर गर्ने कार्यलाई निरुत्साहित गर्न र लामोदुरिको चालकहरुलाई केहिबेर आराम गर्ने ब्यवस्था गरि सवारी दुर्घटना न्युनिकरण गर्न प्रदेश सरकारले रिफ्रेस सेण्टरको स्थापनाको अवधारणा ल्याएको प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयले जनाएको छ । नेपालकै पहिलो दाबी गरिएको रिफ्रेस सेण्टरको आज एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शिलान्यास गर्नुभएको हो । सेन्टरको शिलन्यास गर्दै मुख्यमन्त्री पोखरेलले रिफ्रेस सेण्टरले बहुउपयोगी काम गर्ने बिश्वास ब्यक्त गर्नुभयो । वर्तमान सरकार समृद्ध नेपाल सुखी नेपालीको अभियानमा अगाडि बढेको भन्दै मुख्यमन्त्री पोखरेलले मुलुकमा राजनीतिक अस्थिरताको आशंका नगर्न आग्रह गर्नुभयो । नेपालका शिर्ष नेताहरुमा क्रान्ति गर्ने तर उपलब्धीको ब्यवस्थापन गर्न नसक्ने कमजोरी रहेको उल्लेख गर्दै उहाँले नेतृत्वले विवेक गुमाउदा बेला बेलामा नेपालमा राजनीतिक समस्या आउने गरेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरी,सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले रिफ्रेस सेन्टरको आवश्यकता र औचित्यका बारेमा आ आफ्नो भनाई राख्नुभएको थियो । दुई चरणमा सम्मपन्ने गर्ने गरि तयार गरिएको आयोजनाको पहिलो चरणको लागत अनुमान ४ करोड ८२ लाख रहेको छ । रिफ्रेस सेण्टरमा सवारी पार्कीङ, चार्जिङ सेण्टर, अत्याधुनिक शौचालय, चालक बिश्रामगृह, यात्रु प्रतिक्षालय, चमेना गृह लगायतका सुबिधा रहने जनाइएको छ ।

≪ Previous Post

डिसेम्बर १० मा आणविक अस्त्र उन्मुलनका लागि शान्ति समाजले ९ वटा शक्ति राष्ट्रका दुतावास र जिल्ला जिल्लामा एकसाथ प्रदर्शन गर्ने

Next Post ≫

बुटवलमा विजनेश हेल्थ चेकअप

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क