Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिनाउ, दानव नदी किनारमा बन्ने कोरिडोर आर्थिक विकासको मेरुदण्ड ःअर्थमन्त्री पौडेल
सिद्धान्त, विचार, दृष्टिकोण र व्यवहारमा ओली समूह भन्दा प्रगतिशिल छौं : घनश्याम भुसाल

सिद्धान्त, विचार, दृष्टिकोण र व्यवहारमा...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
नेपाल पत्रकार महासंघ रुपन्देहीमा प्रेस युनियनको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ रुपन्देहीमा प्रेस...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिको मिलोमतो र सेटिङमा संसद विघटन : नेता पुन

राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिको मिलोमतो र...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

तिनाउ, दानव नदी किनारमा बन्ने कोरिडोर आर्थिक विकासको मेरुदण्ड ःअर्थमन्त्री पौडेल

संसारपोस्ट संवाददाता · १० मंसिर २०७७ · 0
तिनाउ, दानव नदी किनारमा बन्ने कोरिडोर आर्थिक विकासको मेरुदण्ड ःअर्थमन्त्री पौडेल
110
SHARES
ShareTweet

बुटवल १० मंसिर
अर्थमन्त्री विष्णु पौडेलले तिनाउ, दानव नदीको किनारमा बन्ने कोरिडोर यस क्षेत्रको आर्थिक, सामाजिक हिसावले महत्वपूर्ण आयोजना हुने बताउनु भयो । अर्थमन्त्री पौडेलले बुधवार रुपन्देहीका आधा दर्जन बढी कार्यक्रममा सहभागी हुनु भएको थियो ।
तिनाउ, दानव कोरिडोरको शिल्यानाश गदै उहाँले तिनाउ, दानव कोरिडोरको जनस्तर र सञ्चारकर्मीबाट बढी निगरानी गर्न जरुरी रहेको औल्याउनु भयो ।
अर्थमन्त्री पौडेलले रुपन्देही साँघुरिदै गएको उल्लेख गर्दै व्यवस्थित शहरीकरणको योजनाका साथ अगाडि बढ्नु पर्ने बताउनु भयो । यस क्षेत्रलाई महानगरको रुपमा विकास गर्नुपर्ने र त्यसका लागि सुनौलीदेखि बुटवल, तिनाउ नदी आसपासका पालिका र परासीसम्मको सीमानालाई महानगरको अवधारणामा अगाडि बढाउन सकिने उहाँको भनाइ रहेको थियो ।
महानगरको लागि गुरुयोजना बनाउनु पर्ने उल्लेख गर्दै त्यसका लागि सरकारको तर्फबाट आफुले सहयोग पु¥याउने प्रतिवद्धता उहाँले व्यक्त गर्नु भयो ।
तिलोत्तमा नगरपालिकामा बन्ने मेडिकल कलेजको डिपिआरको तयारी भैरहेको बताउंदै २ सय विघा जमिनमा बन्ने मेडिकल कलेज लागतको हिसावले महत्वकांक्षी रहेको बताउनु भयो ।
उहाँले तिलोत्तमाका सबै वडालाई समेटेर तिलोत्तमा चक्रपथ बनाइने र त्यसका लागि चनाखो भएर लाग्न जनप्रतिनिधिलाई आग्रह गर्नु भयो ।
बुधवार नै सैनामैना नगरपालिका वडा नं १ रानिवगियामा रहेको पर्रोहा परमेश्वर माध्यमिक विद्यालयको नवनिर्मित ८ कोठे भवन र वडा नं ४ मा रहेको पर्रोहा माध्यमिक विद्यालयको १६ कोठेको भवनको उद्धघाटन गर्दै अर्थमन्त्री पौडेलले गुणस्तरीय शिक्षाका लागि आवश्वयक बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पर्रोहा परमेश्वर विद्यालयलाई सरकारले नमुना विद्यालयको रुपमा विकास गर्न अगाडि बढाएको जानकारी गराउनुभयो । बुटवल बाट चन्द्रौटा हुँदै धानखोला सम्मको सडकका निम्त्ति नेपाल सरकारले आवश्यक बजेटको प्रबन्ध गर्दै यो सडकलाई पनि एउटा एक्सप्रेस हाइवेको रुपमा विकास गर्ने तयारी गरिरहेको उहाँले बताउनु भयो ।
त्यसैगरि रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित गिर्वाण सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयको बालमैत्री नमुना मण्टेश्वरी भवनको उदघाटन र छात्रावास भवन निर्माण शुभारम्भ गर्दै अर्थमन्त्री पौडेलले विद्यालयको भौतिक पूर्वाधारदेखि हरेक विकासका लागि वजेटको व्यवस्था गर्ने दायित्व जनप्रतिनिधिको भएको बताउनु भयो ।
विकासको लागि वजेट माग गर्नु जनताको अधिकार भएको मन्त्री पौडेलको भनाइ थियो । उहाँले बर्तमान केपी ओली नेतृत्वको सरकारले आफ्नो पांँच वर्षे कार्यकाल पूरागर्ने दावी समेत गर्नु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केदारचन्द्र पराजुली र शिक्षक कृष्ण प्रसाद पोखरेलले विद्यालयको भौतिक तथा शैक्षिक गतिविधिबारे जानकारी गराउनु भएको थियो ।

≪ Previous Post

अर्थमन्त्री पौडेललाई गृहनगर बुटवलमा कालो झण्डा

Next Post ≫

पश्चिमाञ्चल यातायात समितिद्धारा मजदुर बीमाको ३ लाख मृतकको परिवारलाई हस्तान्त्ररण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क