Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मर्यादा नाघेर दिने अभिव्यक्तिले नेकपा ईतिहासकै निकै कठिन र जटिल मोडमा :महासचिव पौडेल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मर्यादा नाघेर दिने अभिव्यक्तिले नेकपा ईतिहासकै निकै कठिन र जटिल मोडमा :महासचिव पौडेल

संसारपोस्ट संवाददाता · ९ मंसिर २०७७ · 0
मर्यादा नाघेर दिने अभिव्यक्तिले नेकपा ईतिहासकै निकै कठिन र जटिल मोडमा :महासचिव पौडेल
130
SHARES
ShareTweet

प्रदेशको राजधानी नहुदाँ पनि बुटवलको विकासमा फरक प्रदैन

बुटवल ९ मंसिर
नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा ईतिहासकै निकै कठिन र जटिल मोड देखापरेको बताउनु भयो ।
उहाँले पार्टी भित्र के कुराले विवाद भयो भन्ने कुरा आफुले बुझन नसकको समेत बताउनु भयो । अर्थमन्त्री भएसंगै पहिलो पटक गृहजिल्ला आउनु भएका महासचिव पौडेलल दुई अध्यक्ष बीच देखिएको मर्यादा नाघेर दिने अभिव्यक्तिले थप संकट उत्पन्न भएको बताउनु भयो ।
यो विषय चिन्ताजनक भएको भन्दै उहाँले मर्यादाभित्र फर्किएर छलफल गर्नुपर्ने र जसरी पनि पार्टीलाई एकतावद्ध बनाउन लागि पर्नुमा जोड दिनु भयो । प्रेस चौतारी नेपाल रुपन्देहीले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पौडेलले पार्टी भित्र देखिएको संकट र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवासंग प्रधानमन्त्रीको भेट संबैधानिक हैसियतका रुपमा भएको दावि गर्नु भयो । उहाँले सत्ता समिकरणका विषयमा कुनै छलफल नै नभएको समेत स्पष्ट पार्नु भयो ।
सञ्चारकर्मीहरुको तपाईले अर्थमन्त्रीसँग प्रदेश राजधानी साट्नुभयो भन्ने व्यापक चर्चा छ, भन्ने प्रश्नमा महासचिव पौडेलले भने त्यसलाई अस्वीकार गदै यसका लागि उनले तीन दलिल पेश गर्नु भयो । अब राजधानीको बहसमा अल्झिनुभन्दा बुटवलको विकासका विषयमा छलफल गर्नुपर्ने बताउनु भयो ।

पहिलो, प्रदेशको देशको केन्द्र प्रदेशसभाले तोक्ने हो । अर्थमन्त्री प्रधानमन्त्रीले नियुक्त गर्ने हो । त्यसकारण प्रदेशसभाले निर्णय गर्ने विषय र प्रधानमन्त्रीले निर्णय गर्ने विषय साट्ने भन्ने प्रश्नै भएन ।

दोस्रो, साट्नु पर्ने आवश्यकता किन छैन भने म पहिलो पटक अर्थमन्त्री भएको होइन । यसअगाडि पनि अर्थमन्त्री भएको हुँ । त्यसकारण अर्थमन्त्री हुनका निम्ति साट्नु पर्ने भन्ने प्रश्न हुन सक्दैन । तेस्रो, प्रदेशको केन्द्रका विषयमा राजनीतिक दलहरु, जनप्रतिनिधिहरुका बीचमा आआफ्ना मत थिए निर्वाचनका बेला, त्यो भन्दा अगाडि पनि र पछाडि पनि । तर एउटा प्रक्रियाबाट अधिकारप्राप्त निकायले एउटा निर्णय गरेको उहाँको कथन रहेको छ । उहाँले प्रदेशको राजधानी बुटवल नहुदैमा बुटवल विकासवाट पछाडी नपर्ने दावि पनि गर्नु भयो ।

≪ Previous Post

तिलोत्तमाका कोरोना संक्रमणमुक्त जनप्रतिनिधि, कर्मचारीद्धारा प्लाजमा संकलनको लागि रक्तदान

Next Post ≫

अर्थमन्त्री पौडेललाई गृहनगर बुटवलमा कालो झण्डा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क