Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ तिलोत्तमाका कोरोना संक्रमणमुक्त जनप्रतिनिधि, कर्मचारीद्धारा प्लाजमा संकलनको लागि रक्तदान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाका कोरोना संक्रमणमुक्त जनप्रतिनिधि, कर्मचारीद्धारा प्लाजमा संकलनको लागि रक्तदान

संसारपोस्ट संवाददाता · ९ मंसिर २०७७ · 0
तिलोत्तमाका कोरोना संक्रमणमुक्त  जनप्रतिनिधि, कर्मचारीद्धारा  प्लाजमा संकलनको लागि रक्तदान
110
SHARES
ShareTweet

बुटवल ९ मंसिर
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कोरोना संक्रमणमुक्त भएका जनप्रतिनिधि, कर्मचारी लगायतले मंगलबार प्लाजमा संकलनको लागि रक्तदान गर्नु भएको छ । कोभिड–१९ बाट संक्रमित भई निको भएकाहरुले अन्य संक्रमित बिरामीहरुको जीवन रक्षाको लागि प्लाजमा दान गर्नुभएको हो ।
संक्रमितको उपचारमा प्लाजमा थेरापीको प्रयोग हुँदै आएको छ । प्लाजमा दान गर्न नगरबासीलाई प्रेरणा मिलोस् भनेर रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले जानकारी दिनुभयो ।
रक्तदानमा नगर प्रमुख बासुदेव घिमिरे, वडाध्यक्ष तामानाथ पाण्डेय, तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेलसहित ११ जना कोरोना संक्रमणमुक्त हुनुभएकाहरुले प्लाजमा संकलनको लागि रक्तदान गर्नुभएको थियो ।
यस्तै नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीसहित १३ जनाले पनि रक्तदान गर्नुभएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
रुपन्देहीमा समेत कोरोना संक्रमितको उपचारको लागि प्लाजमाको माग बढ्दै गइरहेको अवस्थामा नगरपालिकाले आफ्नैं कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल स्वयंम्सेवी रक्तदाता संघ रुपन्देहीका अध्यक्ष कृष्ण चौहानका अनुसार प्लाजमाको लागि संकलन गरिएको रगत ६ महिनासम्म प्रयोग गर्न सकिन्छ ।
कन्भेलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना भाइरस संक्रमणका बिरामीहरुलाई उपचार गरिन्छ । यसका लागि कोरोना संक्रमण देखिएर निको भइसकेको व्यक्तिहरुको रगतबाट छुट्याइएको एन्टिबडी सहितको प्लाजमा (जुन रगतमा ५५ प्रतिशत हुन्छ) अर्को संक्रमितलाई दिइन्छ ।

≪ Previous Post

हाप्किडो सेल्फडिफेन्स, लिडरशिप तथा रेफ्रि सेमिनार नेपालगञ्जमा हुदै

Next Post ≫

मर्यादा नाघेर दिने अभिव्यक्तिले नेकपा ईतिहासकै निकै कठिन र जटिल मोडमा :महासचिव पौडेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क