Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ हाप्किडो सेल्फडिफेन्स, लिडरशिप तथा रेफ्रि सेमिनार नेपालगञ्जमा हुदै
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

हाप्किडो सेल्फडिफेन्स, लिडरशिप तथा रेफ्रि सेमिनार नेपालगञ्जमा हुदै

संसारपोस्ट संवाददाता · ८ मंसिर २०७७ · 0
हाप्किडो सेल्फडिफेन्स, लिडरशिप तथा रेफ्रि सेमिनार नेपालगञ्जमा हुदै
80
SHARES
ShareTweet

बुटवल, ८ मंसिर–
नेपाल मार्शल आर्टस हाप्किडो केन्द्रिय संघ र नेपाल मार्शल आर्टस हाप्किडो संघ, लुम्बिनी प्रदेशको सहयोगार्थ एवं नेपाल मार्शल आर्टस हाप्किडो संघ बाँके जिल्लाको आयोजनामा यही मंसिर २० गतेदेखि नेपालगञ्जमा ३ दिने चौथो राष्ट्रिय हाप्किडो इन्स्ट्रक्चर, एजुकेशनल, सेल्फडिफेन्स, लिडरशिप तथा रेफ्रि सेमिनाार हुने भएको छ ।
कोरोना संक्रमणका कारण चैत्र महिनादेखि कुनै पनि प्रकारका खेल प्रतियोगिताहरु आयोजना गर्न सरकारले लगाएको प्रतिबन्धलाई खुल्ला गरेपछि हाप्किडो संघले पहिलो खेल सेमिनारको आयोजना गर्न लागेको छ । बाँके जिल्लाको आयोजना हुने सेमिनारको आवश्यक तयारी भैरहेको संघका केन्द्रीय अध्यक्ष काली बहादुर घर्तीमगरले बताउनु भयो । सेमिनारको तयारीको सिलसीलामा बुटवल आउनु भएका अध्यक्ष घर्तीका अनुसार सेमिनारमा सहभागि हुने खेलाडीहरुको छनौट र कार्यक्रममा प्रदान गरिने प्रशिक्षणका बारेमा अन्तिम टुङ्गो लागेको छ ।
मंसिर २० सेमिनारको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन वरालले गर्ने संघले जनाएको छ ।
प्रतियोगितामा ५४ जिल्लाका करिव २ सय खेलाडीहरुको सहभागिता रहने भएकोा हुदाँ सोही अनुसारको तयारी भैरहेको आयोजक हप्किडो संघ बाके जिल्ला अध्यक्ष बुद्धीराज बर्र्तौलाले बताउनु भयो । प्रतियोगितामाा सहभागि खेलाडीहरुलाई मास्टर काली बहादुर घर्तीमगर, प्रमुख प्रशिक्षक सुस्मिता गुरुङ, सहायक प्रमुख प्रशिक्षकहरु भुवन बुढामगर, कृष्ण महर्जन र प्रविण गुरुङले प्रशिक्षण दिनु हुने जनाइएको छ । प्रतियोगितामा देशभरबाट ब्ल्याक बेल्ट देखि मााथिका सिनियर खेलाडीहरुको मात्र सहभागिता रहने संघले जनाएको छ ।
प्रतियोगितालाई भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्न लुम्बिनी प्रदेशका सबै जिल्लाहरुको सक्रिय सहभागिता रहेको संघका प्रदेश अध्यक्ष सुवास परियारले बताउनु भयो ।
हाप्किडो संघले कोरोना संक्रमणका बेला खेलाडीहरुलाई सक्रिय बनाउन भर्चुअल रुपमा पनि प्रतियोगिताहरु आयोजना गरेको थियो । नुवाकोट जिल्ला हाप्किडो संघको आयोजनामा भदौमा सो राष्ट्रिय प्रतियोगिता र हाप्किडो केन्द्रिय संघले असोजमा भर्चुअल राष्ट्रिय प्रतियोगिता सम्पन्न गरेको थियो । हाप्किडो संघ, प्रदेश ५ र नेपाल मार्शल आर्टस् हाप्किडो संघको आयोजनामा २०७६ चैतमा प्रथम लुम्बिनी मार्शल आर्टस् हाप्किडो खुल्ला राष्ट्रिय च्याम्पियनसिप गर्ने घोषणा गरि सम्पूर्ण तयारी गरेको थियो तर कोरोना संक्रमण बढेपछि सो प्रतियोागिता अन्तिम चरणमा स्थगित गर्नु परेको थियो ।
चैतमा गर्ने भनिएको राष्ट्रिय स्तरको प्रतियोगिता छिटै बुटवलमा आयोजना गर्ने संघका प्रदेश अध्यक्ष सुवास परियारले बताउनु भयो ।

≪ Previous Post

रुपन्देहीमा मोटरसाइकिल दूर्घटनामा परि ३ जनाको मृत्यु

Next Post ≫

तिलोत्तमाका कोरोना संक्रमणमुक्त जनप्रतिनिधि, कर्मचारीद्धारा प्लाजमा संकलनको लागि रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क