Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीमा मोटरसाइकिल दूर्घटनामा परि ३ जनाको मृत्यु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा मोटरसाइकिल दूर्घटनामा परि ३ जनाको मृत्यु

संसारपोस्ट संवाददाता · ८ मंसिर २०७७ · 0
रुपन्देहीमा मोटरसाइकिल दूर्घटनामा परि ३ जनाको मृत्यु
70
SHARES
ShareTweet

बुटवल ८ मंसिर
रुपन्देही तिलोत्तमा नगरपालीका वडा नं.७ भलवारी स्थित सिद्वार्थ राजमार्गमा बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु.२४प.७५०६ नं.को मो.सा. दूर्घटना हुदा बिकाश चौधरी र वर्ष २० को हरि गुरुङको मृत्यु भएको छ ।
उक्त मोटरसाकिल आफै अनियन्त्रित भई सडकको डिभाईडरमा ठोकिदा मो.सा. चालक रुपन्देही तिलोत्तमा न.पा १५ मधवलियाका बिकाश मोटरसाकिलमा पछाडी सवार गुरुङ घाईते भएका थिए ।
दुवै जनालाई उपचारको लागी क्रिमसन अस्पताल मणिग्राम लगिएकोमा,उपचारको क्रममा मृत्यु भएको,जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । यसैगरि रुपन्देहीको देवदहमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पुर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदह नगरपालिका–१० गणेशनगरमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको लु ४७ प ३२०२ नम्बरको मोटरसाइकल र पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु ६५ प ५८६२ नम्बरको मोटरसाइकल सोमबार एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पर्वत घर भइ हाल नवलपरासीको प्रतापपुर– १ बस्दै आएका ५८ वर्षिय कमान सिंह थापा रहेका छन् ।

≪ Previous Post

टिप्परको ठक्करवाट मोटरसाइकल चालकको मृत्यु

Next Post ≫

हाप्किडो सेल्फडिफेन्स, लिडरशिप तथा रेफ्रि सेमिनार नेपालगञ्जमा हुदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क