बुटवल ८ मंसिर
रुपन्देही तिलोत्तमा नगरपालीका वडा नं.७ भलवारी स्थित सिद्वार्थ राजमार्गमा बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु.२४प.७५०६ नं.को मो.सा. दूर्घटना हुदा बिकाश चौधरी र वर्ष २० को हरि गुरुङको मृत्यु भएको छ ।
उक्त मोटरसाकिल आफै अनियन्त्रित भई सडकको डिभाईडरमा ठोकिदा मो.सा. चालक रुपन्देही तिलोत्तमा न.पा १५ मधवलियाका बिकाश मोटरसाकिलमा पछाडी सवार गुरुङ घाईते भएका थिए ।
दुवै जनालाई उपचारको लागी क्रिमसन अस्पताल मणिग्राम लगिएकोमा,उपचारको क्रममा मृत्यु भएको,जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । यसैगरि रुपन्देहीको देवदहमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पुर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदह नगरपालिका–१० गणेशनगरमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको लु ४७ प ३२०२ नम्बरको मोटरसाइकल र पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु ६५ प ५८६२ नम्बरको मोटरसाइकल सोमबार एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पर्वत घर भइ हाल नवलपरासीको प्रतापपुर– १ बस्दै आएका ५८ वर्षिय कमान सिंह थापा रहेका छन् ।