बुटवल, ७ मंसिर । टिप्परले ठक्कर दिंदा रुपन्देहीको बुटवलमा एक जनाको ज्यान गएको छ । राजमार्ग चौराहबाट बसपार्क तर्फ आउंदै गरेको लु ११ प ४२१६ नम्बरको मोटरसाइकललाई वुटवल उपमहानगरपालिका ९ सिद्धार्थ राजमार्गमा सोही दिशाबाट आएको लु २ ख १९०५ नम्वरको टिप्परले ठक्कर दिदा पाल्पा जिल्ला निस्दी गाउँपालिका ३ का अन्दाजी वर्ष ३३ का मानवहादुर सोतीको ज्यान गएको ५ नं. प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार टिप्परको ठक्करवाट घाईते भएका सोतीको उपचारको क्रममा लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।