दाङ ५ मंसिर
मालपोत कार्यालय तुल्सीपुर दाङका दुईजना कर्मचारी ३ लाख २० हजार रुपैयाँ घुस रकम संगै पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जवाट खटिएको टोलीले मालपोत कार्यालयका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई घुससहित पक्राउ गरेको जनाएको छ ।
जग्गाको मोठ कायम गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिदै गर्दा शुक्रबार दिउँसो साढे १ बजे उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धानका लागि अख्तियारको कार्यालय नेपालगञ्जतर्फ लगिएको आयोगले जनाएको छ ।
