Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उपभोक्तालाई सर्वशुलभ दरमा पानी उपलब्ध गराउन खानेपानी संस्थालाई सुझाव
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उपभोक्तालाई सर्वशुलभ दरमा पानी उपलब्ध गराउन खानेपानी संस्थालाई सुझाव

संसारपोस्ट संवाददाता · ६ मंसिर २०७७ · 0
उपभोक्तालाई सर्वशुलभ दरमा पानी उपलब्ध गराउन खानेपानी संस्थालाई सुझाव
90
SHARES
ShareTweet

बुटवल, ६ मंसिर । खानेपानी संस्थामा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्यहरुले आफ्नो पदिय जिम्मेवारी अनुसारको भूमिका निर्वाह गर्न र संस्थागत कामहरु विधानसम्मत रुपले गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अवस्थित शँकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको छैटौं अबिधेशवनमा नेपाली काँग्रेसबाट विजयी संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले आयोजना गरेको बधाई तथा निर्वाचन समिक्षा कार्यक्रममा वोल्ने वक्ताहरुले उपभोक्तालाई सर्वशुलभ दरमा पानी उपलब्ध गराउन सुझाव दिएका छन् ।
उनीहरुले सवै उपभोक्ताका विच पानीको पहुंच विस्तार गरी उपभोक्तलाई कसरी सन्तुष्टि दिलाउन सकिन्छ भन्ने तर्फ संस्थाका पदाधिकारी र सदस्यहरुको ध्यान केन्द्रीत हुनुपर्ने वताएका छन् ।
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले खानेपानी संस्थाले संस्थालाई आर्थिक रुपमा सवल वनाउदै सामाजिक दायित्व समेत निर्वाह गर्नुपर्ने भएकाले त्यस तर्फ ध्यान दिन आग्रह गर्नुभयो । पानीका स्रोतहरु घट्दै गईरहेको र पानीको खपत दिनप्रतिदिन वढ्दै गइरहेकाले पानीको महत्व दर्शाउदै आवश्यक्ता भन्दा वढि पानी प्रयोग नगर्न उपभोक्तलाई सचेत वनाउनु पर्ने वताउनु भयो ।
नेपाली काँग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा शिक्षाविद टेक बहादुर थापा, नेपाली काँग्रेस प्रदेश २ ख रुपन्देहीका सभापति माधवलाल देवकोटा, नेपाली काँग्रेस तिलोत्तमा १ का सभापति जोवन सिंह ठकुरी, वीपी विचार राष्ट्रिय समाज रुपन्देहीका सभापति शरद भट्टराई, शँकरनगर आनन्दनव खानेपानी संस्थाका उपाध्यक्ष किशोर सुवेदी, शँकरनगर खानेपानी संस्थाका सल्लाहकार बाबुराम अधिकारीलगायतले वोल्दै उपभोक्ताले धारा जडान गर्दा संस्थाका पदाधिकारी तथा वडा संयोजकहरुले गर्ने सिफारिस तथा सहजिकरण कार्यालयवाटै गर्ने वातावरण मिलाउनु पर्ने वताउनु भयो ।
संस्थाका उपाध्यक्ष दिलवहादुर भट्टराई र कार्यसमिति सदस्य चन्द्रकान्त खनालले उपभोक्ताको हित र संस्थाको विधानअनुसार आफुहरुले काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

≪ Previous Post

दाङको मालपोतका नायब सुब्बा गिरी करिव सवा ३ लाख घुस रकम सहित पक्राउ

Next Post ≫

दिगो विकास र व्यावसायीकरणमा टेवा पुग्ने गरि लुम्बिनी प्रदेशका १४सहकारी प्रोबेसन ब्राण्ड पाए

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क