बुटवल, ६ मंसिर । खानेपानी संस्थामा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्यहरुले आफ्नो पदिय जिम्मेवारी अनुसारको भूमिका निर्वाह गर्न र संस्थागत कामहरु विधानसम्मत रुपले गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अवस्थित शँकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको छैटौं अबिधेशवनमा नेपाली काँग्रेसबाट विजयी संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले आयोजना गरेको बधाई तथा निर्वाचन समिक्षा कार्यक्रममा वोल्ने वक्ताहरुले उपभोक्तालाई सर्वशुलभ दरमा पानी उपलब्ध गराउन सुझाव दिएका छन् ।
उनीहरुले सवै उपभोक्ताका विच पानीको पहुंच विस्तार गरी उपभोक्तलाई कसरी सन्तुष्टि दिलाउन सकिन्छ भन्ने तर्फ संस्थाका पदाधिकारी र सदस्यहरुको ध्यान केन्द्रीत हुनुपर्ने वताएका छन् ।
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले खानेपानी संस्थाले संस्थालाई आर्थिक रुपमा सवल वनाउदै सामाजिक दायित्व समेत निर्वाह गर्नुपर्ने भएकाले त्यस तर्फ ध्यान दिन आग्रह गर्नुभयो । पानीका स्रोतहरु घट्दै गईरहेको र पानीको खपत दिनप्रतिदिन वढ्दै गइरहेकाले पानीको महत्व दर्शाउदै आवश्यक्ता भन्दा वढि पानी प्रयोग नगर्न उपभोक्तलाई सचेत वनाउनु पर्ने वताउनु भयो ।
नेपाली काँग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा शिक्षाविद टेक बहादुर थापा, नेपाली काँग्रेस प्रदेश २ ख रुपन्देहीका सभापति माधवलाल देवकोटा, नेपाली काँग्रेस तिलोत्तमा १ का सभापति जोवन सिंह ठकुरी, वीपी विचार राष्ट्रिय समाज रुपन्देहीका सभापति शरद भट्टराई, शँकरनगर आनन्दनव खानेपानी संस्थाका उपाध्यक्ष किशोर सुवेदी, शँकरनगर खानेपानी संस्थाका सल्लाहकार बाबुराम अधिकारीलगायतले वोल्दै उपभोक्ताले धारा जडान गर्दा संस्थाका पदाधिकारी तथा वडा संयोजकहरुले गर्ने सिफारिस तथा सहजिकरण कार्यालयवाटै गर्ने वातावरण मिलाउनु पर्ने वताउनु भयो ।
संस्थाका उपाध्यक्ष दिलवहादुर भट्टराई र कार्यसमिति सदस्य चन्द्रकान्त खनालले उपभोक्ताको हित र संस्थाको विधानअनुसार आफुहरुले काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
