Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ लोक संस्कृतिको संरक्षण र समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लोक संस्कृतिको संरक्षण र समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७६ · 0
लोक संस्कृतिको संरक्षण र समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण
90
SHARES
ShareTweet

लोक पत्रकारिता पुरस्कार पत्रकार पोखरेललाई


बुटवल, ३ साउन । लोक संगित क्षेत्रका अगुवा तथा कलाकारहरुले लोक संगितको माध्यमबाट समाजमा सुशासन कायम गर्न सकिने बताएका छन् । उनीहरुले नेपाली मौलिक लोक संस्कृतिको संरक्षण र समाज रुपान्तरणका लागि कलाकारहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रुपन्देहीको शुक्रवार बुटवलमा आयोजित सातौ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने बक्ता तथा राष्ट्रिय स्तरका लोक कलाकारहरुले लोक संस्कृतिको संरक्षणका लागि सबैले आआफ्नो ठाउंबाट भूमिका निर्वाह गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्री पंगेनीले लोकगीत तथा संगितले देशको गरिमा बढाएको बताउनुभयो । लोक संस्कृति संरक्षणका लागि कलाकार संगै राज्य पनि उदार भएर लाग्नुपर्ने अध्यक्ष पंगेनीले बताउनु भयो ।
प्रतिष्ठानका निवर्तमान अध्यक्ष चन्द्र शर्माले गीत संगितका कारण नेपाली मौलिक संस्कृतिको संरक्षण भएको बताउंदै कलाकारहरुलाई हौसला प्रदान गर्नुपर्ने बताउनु भयो । प्रतिष्ठानका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रमेश विजीले नेपाली गीत संगितमाथि विदेशी गीत संगितले हमला गरेकाले त्यसप्रति सचेत भएर आफ्नो मौलिकतालाई जोगाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय महासचिव सुवास केसी, सचिव खुमन अधिकारी, कोषाध्यक्ष दिपक खड्का, सदस्य प्रचण्ड जिसी, लक्ष्मण खड्का, नारायण लेकाली, प्रदेश नम्बर पाँचका संयोजक डिल्लीनारायण पाण्डे, हरि न्यौपाने, रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही अध्यक्ष समुन्द्र जीसी, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष बाबुराम बोहोरा, प्रतिष्ठान रुपन्देहीका सल्लाहाकार दिनेशराज रेग्मी, प्रतिष्ठान नवलपरासीका अध्यक्ष भरत क्षेत्री, प्रदिप जीसी, विजय सापकोटालगायतले बोल्दै मौलिक लोक संस्कृतिको संरक्षणका लागि व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रम प्रतिष्ठान रुपन्देहीका अध्यक्ष दिपक गरौजाको अध्यक्षता र सचिव दिपु मगरको सञ्चालनमा भएको थियो ।
साधारण सभा तथा अधिबेशनकै अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रुपन्देहीले स्थापना गरेको यो बर्षको लोक पत्रकारिता पुरस्कार पत्रकार श्यामलाल पोखरेललाई प्रदान गरिएको छ । पत्रकार पोख्रेललाई नगदसहित दोसल्ला ओढाएर प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्री पंगेनीले सम्मान गर्नुभयो ।
त्यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीले प्रतिष्ठानका जेष्ठ सल्लाहाकार बद्रिप्रसाद श्रेष्ठ, अग्रज कलाकार तथा प्रतिष्ठानका पूर्व अध्यक्ष बलराम पौडेल, बाध्यवादक विजय सापकोटा, लालमायां पुनलगायतलाई पनि सम्मान गरेको छ । त्यस्तै सो अवसरमा प्रतिष्ठान रुपन्देहीका पूर्व अध्यक्ष र अन्य सल्लाहाकारहरुलाई पनि सम्मान गरिएको थियो ।
यस्तै प्रतिष्ठानको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुने भएको छ । प्रतिष्ठानको अध्यक्षका लागि दिपक कार्की, विजय सापकोटा, मोदनाथ बेलवासे र दिपु मगरको नाम चर्चामा रहेको छ । यस्तै प्रथम उपाध्यक्षमा रुकु पाण्डे र टिकाराम गौतम, द्वितिय उपाध्यक्षमा विधान कार्की, महिला उपाध्यक्षमा रितु थापा सचिवमा उज्जवल कार्की र राज केसी तथा कोषाध्यक्षमा सन्जय सौगात र रेशम खनालले दावि गरेका छन् । यद्यपि प्रतिष्ठानका अग्रजहरु सर्वसम्मत गराउन लागि परेका छन् ।

≪ Previous Post

बिकास आयोजनाका काम जेठ मसान्तसम्म सक्नेगरि काम गर्न मुख्यमन्त्रीको सचिवहरुलाई निर्देशन

Next Post ≫

उच्च अदालत तुलसीपुरमा वाणिज्य इजलास स्थापना हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क