Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उच्च अदालत तुलसीपुरमा वाणिज्य इजलास स्थापना हुने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उच्च अदालत तुलसीपुरमा वाणिज्य इजलास स्थापना हुने

संसारपोस्ट संवाददाता · ४ श्रावण २०७६ · 0
उच्च अदालत तुलसीपुरमा वाणिज्य इजलास स्थापना हुने
70
SHARES
ShareTweet


लमही, ३ साउन । उच्च अदालत तुलसीपुरमा वाणिज्य इजलास स्थापना हुने भएको छ । सर्वोच्च अदालतले उच्च अदालत तुलसीपुरमा वाणिज्य इजलास सञ्चालन गर्ने भनी सहमति दिइसकेकाले अबको केही समयमा वाणिज्य इजलास सञ्चालन हुने भएको उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले जानकारी दिनुभयो । “यहाँ वाणिज्य इजलास थिएन”, उहाँले भन्नुभयो, “तर भर्खरै मात्रै सर्वोच्च अदालतले वाणिज्य इजलास सञ्चालन गर्ने भनी सहमति दिएको छ, अबको केही समयमा वाणिज्य इजलास सञ्चालन हुनेछ ।”
उच्च अदालत तुलसीपुरको बुटवल र नेपालगञ्ज इजलासमा यसअघि नै वाणिज्य इजलास भए पनि उच्च अदालतमा भने थिएन । जसले गर्दा यहाँका वाणिज्यसम्बन्धी मुद्दाहरु हेर्न नेपालगञ्ज वा बुटवल जानुपर्ने अवस्था रहेको मुख्य न्यायाधीश सुवेदीले बताउनुभयो । अब भने यो समस्या अन्त्य हुने उहाँको भनाइ छ । “तुलसीपुरमा वाणिज्य इजलास नहुँदा यहाँका मुद्दाहरु लिएर नेपालगञ्ज वा बुटवल जानुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “तर अब भने सबै यहीँबाट हुनेछ ।”
वाणिज्य इजलासमा कम्पनी ऐन, सुरक्षित कारोवार ऐन, दामासाही ऐन र प्रतिस्पर्धा प्रवद्र्धन ऐनअन्तर्गत परेका अर्थ वाणिज्यसम्बन्धी मुद्दा हेर्नुपर्ने हुन्छ । यी इजलासमा कम्तीमा दुई जना न्यायाधीश निश्चित गरिने व्यवस्था रहेको छ ।
उच्च अदालत तुलसीपुरका लागि जग्गा खोज्ने कार्य भइरहेको छ । अहिले तुलसीपुर–६ स्थित शीतलपुर रोडमा उच्च अदालतको कार्यालय रहे पनि पर्याप्त जग्गा तथा संरचना नहुँदा सेवा प्रवाहमा समस्या भएको भन्दै नयाँ स्थानमा जग्गा खोज्ने कार्य भइरहेको अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले बताउनुभयो । “अहिले निर्माण भएको संरचना हाम्रो लागि अपर्याप्त छ, यति सानो क्षेत्रमा न्याय सम्पादन गर्न समस्या भएको छ”, उहाँले भन्नुभयो, “त्यसैले उपमहानगरपालिका र नगर विकासले जग्गा खोज्ने कार्य गरिरहेक छन् ।”
उहाँका अनुसार तुलसीपुर–९ स्थित बेलुवामा एक बिघा १० कट्ठा जग्गा पाइएको र उक्त जग्गा अदालतको नाममा बनाउने प्रक्रियासमेत अघि बढेको छ । उक्त जग्गा अदालतको नाममा आएपछि संरचना निर्माणको काम अघि बढ्ने उहाँको भनाइ छ ।
यस्तै न्याय सम्पादनमा आवश्यक जनशक्ति अभाव हुँदा समस्या भएको मुख्य न्यायाधीश सुवेदीले बताउनुभयो । अहिले अधिकृतलगायत दक्षजनशक्ति अभाव हुँदा केही समस्या भएको उहाँको भनाइ छ । फैसला भएकोप्रति समयमै पु¥याउन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ । “हामीले फैसला गर्छांै”, उहाँले भन्नुभयो, “तर जनशक्ति अभावमा त्यो फैसलाको प्रति समयमै पु¥याउन कठिन भएको छ ।”
उच्च अदालत तुलसीपुरले मेलमिलापमा जोड दिएको मुख्य न्यायाधीश सुवेदीको भनाइ छ । उहाँका अनुसार अदालतको मुख्य कार्य मेलमिलाप गराउने भएकाले पनि दुवै पक्षलाई आपसी मेलमिलाप गर्ने कार्यलाई जोड दिएको उहाँले बताउनुभयो । सुवेदीका अनुसार गएको वर्ष ११४ मद्दामा मेलमिलापका लागि अनुरोध गरिएको भएपनि २९ जनाको मेलमिलाप भएको छ । तर अघिल्लो वर्ष १० जनाको मात्रै मेलमिलाप भएको थियो । त्योभन्दा अघिल्ला वर्षमा मेलमिलाप गर्ने पद्धति थिएन ।
धेरै जना अदालतमा आउनसमेत डराउने गरेका छन् । अन्य सरकारी कार्यालय गए जसरी अदालतमा सहजै जान नसक्ने अवस्थाको अझै अन्त्य हुन सकेको छैन् । यस्तो अवस्थाबाट सेवाग्राहीलाई मुक्त गराउन उच्च अदालतले सहायता कक्षा स्थापना गरेको मुख्य न्यायाधीश सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार अदालतका सबै सेवा तथा जानकारीहरु त्यही सहायता कक्षाबाटै दिने गरिएको छ । यस्तै समुदायमा पनि अन्तर संवाद कार्यक्रम गर्ने गरिएको उहाँको भनाइ छ । रासस

≪ Previous Post

लोक संस्कृतिको संरक्षण र समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण

Next Post ≫

आजको राशिफल ( २०७६ साउन ४ गते शनिवार )

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क