Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बिकास आयोजनाका काम जेठ मसान्तसम्म सक्नेगरि काम गर्न मुख्यमन्त्रीको सचिवहरुलाई निर्देशन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बिकास आयोजनाका काम जेठ मसान्तसम्म सक्नेगरि काम गर्न मुख्यमन्त्रीको सचिवहरुलाई निर्देशन

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७६ · 0
बिकास आयोजनाका काम जेठ मसान्तसम्म सक्नेगरि काम गर्न मुख्यमन्त्रीको सचिवहरुलाई निर्देशन
110
SHARES
ShareTweet


बुटवल, ३ साउन । प्रदेश ५ का मुख्यमन्त्री शँकर पोखरेलले जेठ मसान्त सम्म विकास आयोजनाका काम सक्ने गरि काम अगाडि बढाउन सचिवहरुलाई निर्देशन दिनुभएको छ ।
प्रदेश सरकार अन्तर्गगतका मन्त्रालयहरुले शुक्रवार आयोजना गरेको वार्षिक कार्ययोजना प्रस्तुतिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले विकास निर्माणका कामको कामको गुणस्तर र प्रभावका लागि पनि जेठ मसान्तसम्म विकास आयोजनाका कामहरुलाई अगाडि बढाउनु पर्ने बताउनु भयो । मुख्यमन्त्रीले भन्नुभयो– “असार लागेपछि बर्षायाम शुरु हुने र कामको गुणस्तर पनि कमजोर हुन्छ । त्यसैले आर्थिक वर्षको अन्त्यमा हतारमा बजेट कार्यान्वयन गर्ने प्रवृति अन्त्यको लागि जेठ मसान्तलाई बजेट कार्यान्वयनको समयसीमा मानौ ।”
उहाँले विकास आयोजनाको निमार्ण गर्दा २० वर्ष पछिको अवस्थालाई ख्याल गर्न र बहुवर्षीय आयोजनालाई पहिले नै टुंगो लगाएर अघि बढ्न समेत मुख्यमन्त्री पोख्रेलले सचिवहरुलाई निर्देशन दिनुभयो ।
उहाँले प्रदेशका १० गौरवका आयोजनाको छनौटको तयारीमा लाग्न मन्त्रालयहरुलाई निर्देशन दिदै आर्थिक मामिला बाहेक अरु पाँच मन्त्रालयले कम्तिमा तीन आयोजना छनौट गरी प्रस्ताव अघि बढाउन पनि आग्रह गर्नुभयो । उहाँले प्रदेशका गौरवका आयोजनामा श्रोतको द्विविधा नराख्न मन्त्री र सचिवहरुलाई आश्वस्त पार्नुभयो ।
उहांले चरँगे—झुम्सा वाइपास सडकमा चालु अर्थिक वर्ष भित्रै गाडी चल्न सक्ने गरी काम गर्न पनि निर्देशन दिनुभयो । उहाँले लुम्बिनी प्रादेशिक अस्पताल राम्रो र आन्तरिक श्रोत भएको अस्पताल हुदाहुदै पनि अस्तव्यस्त छ भन्दै अस्पताललाई पूर्वाधार र व्यवस्थापन राम्रो बनाउने गरी काम गर्न निर्देशन दिनुभयो । बुटवल र तुलसिपुरमा विशेषज्ञ सेवा उपलब्ध गराउने र सामान्य चिकित्सा सेवाको लागि जिल्ला अस्पतालमै उपचार हुने व्यवस्था गर्ने गरी काम हुनुपर्नेमा मुख्यमन्त्रीले जोड दिनुभयो ।
विपदको व्यवस्थापन गर्न केन्द्रको भर पर्ने प्रवृतिको अन्त्य गर्न निर्देशन दिदै उहांले ‘विपदको व्यवस्थापन गर्ने क्षमता विकास गर्ने गरी अघि बढ्न आग्रह गर्नुभयो । उहाँले सामाजिक मन्त्रालयले गर्ने कार्यक्रमको प्रतिफल यही वर्ष पाउने हुनुपर्ने बताउनुभयो । उहांले अरु मन्त्रालयले गर्ने कामको प्रतिफल पाउन समय लाग्ने भएपनि राम्रो संग काम गर्न सके सामाजिक विकास मन्त्रालयको प्रतिफल तत्काल पाउन सकिने बताउनुभयो ।
उहाँले पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी केन्द्रीत भएर गर्न निर्देशन दिनुभयो ।‘लुम्बिनी र यससंग सम्बन्धित स्थलहरुमा पर्यटन प्रवद्र्धनको काममा ध्यान दिऔं, त्यसपछि अरु सम्पदालाई जोडौं—उहाँले भन्नुभयो । उहाँले निग्लिहवा र गोटिहवामा बुद्धमूर्ति प्रतिस्थापन र रामग्रामको बौद्धकालीन संग्रहालय नमूना बन्नुपर्ने बताउनुभयो । उहाँले पाल्पा दरबार संग्रहालय प्रदेशको सांस्कृतिक संग्रहालयको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले कृषिका कार्यक्रमको सफलताको मापनको आधार उत्पादन बढेको, निर्वाहमुखीबाट बजारमुखी प्रणालीतर्फ गएको हुनुपर्ने बताउनुभयो । उहाँले गुल्मी, अर्घाखाँची र पाल्पालाई कफि खेती पकेटको रुपमा विकास गर्ने गरी अघि बढ्न निर्देशन दिनुभयो ।
बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अन्तर समन्वय र सहकार्य बढाउनुपर्नेमा जोड दिदै मन्त्रालयबीचको सहकार्य र समन्वयले बजेट कार्यान्वयन सहज हुने बताउनुभयो ।

≪ Previous Post

विमा सञ्चयकर्तालाई चेक हस्तान्तरण

Next Post ≫

लोक संस्कृतिको संरक्षण र समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क