Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ विमा सञ्चयकर्तालाई चेक हस्तान्तरण
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विमा सञ्चयकर्तालाई चेक हस्तान्तरण

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७६ · 0
विमा सञ्चयकर्तालाई चेक हस्तान्तरण
40
SHARES
ShareTweet


बुटवल, ३ साउन । स्वास्थ्य विमा गरेका सञ्चयकर्ताहरुलाई बुटवलमा एक कार्यक्रमकाबीच चेक हस्तान्तरण गरिएको छ । राष्ट्रिय विमा कम्पनी लिमिटेड र कर्मचारी सञ्चय कोषको सम्युक्त आयोजनामा बुटवलमा चेक हस्तान्तरण गरिएको हो ।
कोष र कम्पनीबीच भएको सहमति अनुसार सञ्चयकर्ताले सामान्य रोग लागेमा एक लाख र जटिल रोग लागेमा १० लाखसम्मको औषधि उपचार विमा पाउने प्रावधान छ । त्यही योजना अन्तर्गत विमा दावी गरेका १५ जना सञ्चयकर्तालाई विमा रकम हस्तान्तरण गरिएको हो । विमा कम्पनी भैरहवाका प्रमुख सबिता गुरुङ र सञ्चयकोष बुटवलका प्रमुख रमेशचन्द्र बेल्बासेले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै कर्मचारी सञ्चय कोष बुटवलका प्रमुख बेल्बासेले सञ्चयकोषमा आवद्ध सबै कर्मचारीको स्वास्थ्य बिमा बिमा कम्पनीमा भएको बताउनुभयो । कोष र कम्पनीले गरेको यो योजनाले कर्मचारीहरुलाई राहत महसुस भएको उहांले बताउनुभयो ।
सञ्चयकर्ता प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख दीपक ज्ञवालीले यो योजनाले कर्मचारी धेरै लाभान्वित हुने विश्वास गर्नुभयो । त्यसका लागि बिमा साक्षरता आवश्यक रहेको उहांको भनाई थियो ।
त्यस्तै विमा कम्पनीका विष्णुप्रसाद खनालले सञ्चयकोषका सञ्चयकर्ताको स्वास्थ्य विमाको सम्बन्धमा कम्पनीले गरेका उपलब्धीको विषयमा जानकारी गराउनुभयो । विमा कम्पनीमा सात लाखसम्मको दुर्घटना विमा सहित व्यवसायिक विमा समेत हुने उहांले बताउनुभयो ।
विमा कम्पनी सरकारको स्वामित्व भएको एक मात्रै संस्था हो । यसमा सवारीसाधन, कृषि, पशु विमा समेत हुदै आएको छ । तर विमा सम्बन्धी साक्षरता कम भएका कारण धेरै सेवाग्राहीहरु निजी कम्पनीमा जाने गरेका छन् ।

≪ Previous Post

वर्षादको भेलमा सडकमा भिज्दैै व्यवसायीले गरे सामाजिक सुरक्षा कोष र भिसिटीएसको बिरोध

Next Post ≫

बिकास आयोजनाका काम जेठ मसान्तसम्म सक्नेगरि काम गर्न मुख्यमन्त्रीको सचिवहरुलाई निर्देशन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क