बुटवल २३ कार्तिक
बुटवल बहुमुखी क्यापम्सका सहायक क्याम्पस प्रमुख डा.शिव पौडेलको सवारी दुर्घटनामा परि ज्यान गएको छ ।
तिलोत्तमा नगरपालिका वडा नं १ का स्थायी बासिन्दा पौडेल आईतवार विहान स्कुटर सिक्ने क्रममा आफ्नै घरको वालमा ठोक्किएर गम्भीर घाइते हुनु भएको थियो ।
उहाँले भर्खरै नयाँ स्कुटर लु ६६ प खरिद गरेर सिक्ने क्रममा घाईते हुनु भएको हो ।
घर अगाडीको सडकमा स्कुटर सिक्दै गर्दा घरकै कम्पाउण्डको पर्खालमा ठोकिएका पौडेललाई उचारका लागि मणिग्राम स्थित क्रिमशन अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको परिवारका सदस्य हरि पौडेलले बताउनु भयो ।
गत असोज १ गतेबाट बुटवल बहुमुखी क्याम्पसको सहायक क्याम्पस प्रमुखको जिम्मेवारी समाल्दै आउनु भएका पौडेल लामो समयदेखि बुटवल बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आउनु भएको थियो ।