Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाको वडा नं. १२ मा आधारभूत स्वास्थ्य केन्द्र संचालन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाको वडा नं. १२ मा आधारभूत स्वास्थ्य केन्द्र संचालन

संसारपोस्ट संवाददाता · २३ कार्तिक २०७७ · 0
तिलोत्तमाको वडा नं. १२ मा आधारभूत स्वास्थ्य केन्द्र संचालन
90
SHARES
ShareTweet

तिलोत्तमा, २३ कात्तिक । तिलोत्तमा नगरपालिकामा एउटा आयुर्वेद औषधालयसहित सरकारी स्वास्थ्य संस्थाको संख्या १४ पुगेको छ । आइतबारबाट वडा नं. १२ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएसँगै सरकारी स्वास्थ्य संस्थाको संख्या १४ पुगेको हो ।
वडा नं. १२ को मोहनाजोत भाटामा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गर्नुभयो । हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको कामले तीव्रता पाएको हो । चालु आर्थिक वर्षमैं वडा नं. ९ मा समेत स्वास्थ्य केन्द्र स्थापना गर्ने तयारी छ । स्वास्थ्य केन्द्रका आफ्नै सुविधासम्पन्न भवनहरु पनि निर्माण भैरहेका छन् ।
हालसम्म तिलोत्तमाका वडा नं. १, २, ३, ४, ६, ७, ८, १०, ११, १२, १४, १६ र १७ मा सरकारी स्वास्थ्य संस्थाहरु सञ्चालनमा आएका छन् । आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमैं पुर्याउने सरकारी नीतिअनुरुप हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएका हुन् । स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले पछिल्लो समय सरकारी स्वास्थ्य संस्थामा धेरै परिवर्तन आएको बताउँदै सरकारी स्वास्थ्य संस्थाबाट पनि गुणस्तरीय सेवा पाइन्छ भन्नेमा विश्वस्त रहन नगरबासीलाई आग्रह गर्नुभयो ।
आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचार, परिवार नियोजन, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच तथा सुत्केरी जाँच, खोपलगायतका सेवाहरु उपलब्ध छन् । कार्यक्रममा नगर उप–प्रमुख जगेश्वरदेवी चौधरी, वडा नं. १२ का वडाध्यक्ष सहदेव थारु, स्वास्थ्य शाखा प्रमुख मोतिप्रसाद पौडेल, सिनियर अहेव अधिकृत गणेश गौतमलगायतले आधारभूत स्वास्थ्य सेवाको बारेमा बोल्नुभएको थियो ।

≪ Previous Post

बुटवल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा.पौडेलको स्कुटर सिक्दा मृत्यु

Next Post ≫

तिलोत्तमामा एक विद्यालय एक नर्स कार्यक्रम शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क