बुटवल १८ कार्तिक
बुटवल माथिको चुरेको समस्या समाधान बेलैमा नगरे यसले सिंगो बुटवललाई नै सखाप पार्ने एक कार्यक्रममा वोल्ने विज्ञहरुले औल्याएका छन ।
पहिरोले चिराचिरा परेको जमिन छ, चुरे त्यसै पनि कमजोर हुन्छ, ढिलोचाढो पहिरो खस्ने निश्चित नै हो, त्यसैले दीर्घकालिन समाधान गरेर बुटवलको ठूलो क्षति जोगाउनु समयमै ध्यान जान सरोकारवाला गम्भिर हुनुपर्नेमा वक्ताहरुले जोड दिएका छन ।
आदर्शनगरदेखि गोलपार्कसम्मको पहाडमा पहिरोको उच्च जोखिम रहेको र जतीवेला नी पहिरो जान सकने उनिहरुको कथन रहेको छ ।
चुरे फेदिमा रहेको बुटवलको सिद्धवावादेखि आदर्शनगरसम्मको वस्तीलाई भुक्षयबाट बचाउन स्थानीय संघसंस्था तथा बुद्धिजिवीहरुले चुरे तिनाउ बहुउद्देश्यीय विकास मञ्च नामक संस्था गठन गरेर भुक्षयग्रस्त क्षेत्रको दीर्घकालीन समाधानका लागि अभियान शुरु गरेका छन ।
बुटवलमा हालै भएको एक भेलाले स्थानिय कमल गौतमको संयोजकत्वमा मञ्च गठन गरेको छ । १५ सदस्यीय मञ्चमा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाह सहसंयोजक रहनु भएको छ । सदस्यमा भुक्षयग्रस्त क्षेत्रमा क्रियाशिल विकास परिषद्, खानेपानी, टोल विकासका संस्था रहेका छन् ।
संयोजक गौतमले ०५५ साल तथा त्यसअघिदेखि बुटवलको सिद्धवावादेखि आदर्शनगरसम्मको क्षेत्रमा खसिरहेको पहिरोले वस्ती जोखिममा रहेको भन्दै यसको दीर्घकालिन समाधान सरकारले गर्न माग गर्नु भयो । उहाँले बस्ती सार्नुपर्ने वा भुक्षयबाट खसेको पहाड कटान गरिनिकाल्नु पर्ने विकल्पका वारेमा सरकारलाई गम्भिर हुन माग गर्नु भयो ।
भेलामा बोल्दै भुगर्वविद् डा. भोजराज कडेरियाले चुरेको समस्या समाधान बेलैमा नगरे सिंगो बुटवलवासीको भविस्य अन्धकारमय हुने दावि गर्नु भयो ।
चुरे त्यसै पनि कमजोर हुन्छ, ढिलोचाढो पहिरो खस्ने निश्चित नै छ त्यसैले यसको दीर्घकालीन समाधान जरुरी रहेको उहाँले औल्याउनु भयो ।
भेलामा सहभागिले पहिरोले चोइटिएको चुरे पहाड कटान गरेर तिनाउ नदि किनारमा बन्ने कोरिडोर र पूर्वपश्चिम राजमार्गमा कच्चा पदार्थ राख्नुपर्ने सुझाव दिए । उनीहरुले सर्बसाधारणको ज्यान बचाउनका लागि सरकारले छिट्टै यो कदम चाल्नुपर्ने उनीहरुले बताए ।
यो क्षेत्रमा विसं २०५५ मा ठूलो पहिरो गएको थियो । ततकालिन राजा बिरेन्द्रले त्यहाँको बस्ती स्थानान्तरण गर्न पुर्नवास कम्पनी बनाउनु भएकोमा थियो ।
