Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुटवल माथिको चुरेको समस्या समाधान बेलैमा नगरे बुटवलको वस्ती संकटमा पर्ने विज्ञको ठहर
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल माथिको चुरेको समस्या समाधान बेलैमा नगरे बुटवलको वस्ती संकटमा पर्ने विज्ञको ठहर

संसारपोस्ट संवाददाता · १८ कार्तिक २०७७ · 0
बुटवल माथिको चुरेको समस्या समाधान बेलैमा नगरे बुटवलको वस्ती संकटमा पर्ने विज्ञको ठहर
130
SHARES
ShareTweet

बुटवल १८ कार्तिक
बुटवल माथिको चुरेको समस्या समाधान बेलैमा नगरे यसले सिंगो बुटवललाई नै सखाप पार्ने एक कार्यक्रममा वोल्ने विज्ञहरुले औल्याएका छन ।
पहिरोले चिराचिरा परेको जमिन छ, चुरे त्यसै पनि कमजोर हुन्छ, ढिलोचाढो पहिरो खस्ने निश्चित नै हो, त्यसैले दीर्घकालिन समाधान गरेर बुटवलको ठूलो क्षति जोगाउनु समयमै ध्यान जान सरोकारवाला गम्भिर हुनुपर्नेमा वक्ताहरुले जोड दिएका छन ।
आदर्शनगरदेखि गोलपार्कसम्मको पहाडमा पहिरोको उच्च जोखिम रहेको र जतीवेला नी पहिरो जान सकने उनिहरुको कथन रहेको छ ।
चुरे फेदिमा रहेको बुटवलको सिद्धवावादेखि आदर्शनगरसम्मको वस्तीलाई भुक्षयबाट बचाउन स्थानीय संघसंस्था तथा बुद्धिजिवीहरुले चुरे तिनाउ बहुउद्देश्यीय विकास मञ्च नामक संस्था गठन गरेर भुक्षयग्रस्त क्षेत्रको दीर्घकालीन समाधानका लागि अभियान शुरु गरेका छन ।
बुटवलमा हालै भएको एक भेलाले स्थानिय कमल गौतमको संयोजकत्वमा मञ्च गठन गरेको छ । १५ सदस्यीय मञ्चमा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाह सहसंयोजक रहनु भएको छ । सदस्यमा भुक्षयग्रस्त क्षेत्रमा क्रियाशिल विकास परिषद्, खानेपानी, टोल विकासका संस्था रहेका छन् ।
संयोजक गौतमले ०५५ साल तथा त्यसअघिदेखि बुटवलको सिद्धवावादेखि आदर्शनगरसम्मको क्षेत्रमा खसिरहेको पहिरोले वस्ती जोखिममा रहेको भन्दै यसको दीर्घकालिन समाधान सरकारले गर्न माग गर्नु भयो । उहाँले बस्ती सार्नुपर्ने वा भुक्षयबाट खसेको पहाड कटान गरिनिकाल्नु पर्ने विकल्पका वारेमा सरकारलाई गम्भिर हुन माग गर्नु भयो ।
भेलामा बोल्दै भुगर्वविद् डा. भोजराज कडेरियाले चुरेको समस्या समाधान बेलैमा नगरे सिंगो बुटवलवासीको भविस्य अन्धकारमय हुने दावि गर्नु भयो ।
चुरे त्यसै पनि कमजोर हुन्छ, ढिलोचाढो पहिरो खस्ने निश्चित नै छ त्यसैले यसको दीर्घकालीन समाधान जरुरी रहेको उहाँले औल्याउनु भयो ।
भेलामा सहभागिले पहिरोले चोइटिएको चुरे पहाड कटान गरेर तिनाउ नदि किनारमा बन्ने कोरिडोर र पूर्वपश्चिम राजमार्गमा कच्चा पदार्थ राख्नुपर्ने सुझाव दिए । उनीहरुले सर्बसाधारणको ज्यान बचाउनका लागि सरकारले छिट्टै यो कदम चाल्नुपर्ने उनीहरुले बताए ।
यो क्षेत्रमा विसं २०५५ मा ठूलो पहिरो गएको थियो । ततकालिन राजा बिरेन्द्रले त्यहाँको बस्ती स्थानान्तरण गर्न पुर्नवास कम्पनी बनाउनु भएकोमा थियो ।

≪ Previous Post

राजावादीद्धारा रुपन्देहीमा विशाल रयाली सहित जनप्रर्दशनी

Next Post ≫

काँग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रुपन्देहीका खाँन चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क