Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सम्झौता विपरित सडक उपभोग दस्तुर अशुली
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सम्झौता विपरित सडक उपभोग दस्तुर अशुली

संसारपोस्ट संवाददाता · २ श्रावण २०७६ · 0
सम्झौता विपरित सडक उपभोग दस्तुर अशुली
60
SHARES
ShareTweet

रुपन्देहीका मोटरसाईकलले दस्तुर तिर्न नपर्ने



संसार पोष्ट
बुटवल, २ साउन । सम्झौता विपरित मोटरसाइकलसँग सडक उपभोग दस्तुर अशुली गर्ने काम बन्द भएको छ । सडकमा गाडी गुडाएबापत तिर्नुपर्ने सडक उपभोग दस्तुर शतप्रतिशत बृद्धि भएपछि यसको चौतर्फी बिरोध भएको थियो । सडक बोर्डले सडक दस्तुर बढाउन गरेको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृत गरेपछि गएको असार २४ गते (मंगलबार) मध्यरातदेखि लागु हुने गरी सडक उपभोग दस्तुर शतप्रतिसत बृद्धि गरिएको थियो ।
सडक बोर्डले चार वटा राष्ट्रिय राजमार्गमा सवारीसाधन गुडाएबापत लिँदै आएको सडक दस्तुर रकम बढाएको हो । बोर्डले हेटौंडा–नारायणगढ, नारायणगढ–बुटवल, नौविसे–मुग्लिङ र भैरहवा–भुमई सडकखण्डमा यस अघि मोटरसाइकलको पाँच रुपैयाँ, हलुका सवारीको क्रमशः २०, ३०, २५ र १० रुपैयाँ र भारी सवारी साधनको ३०, ४०, ३५ र १५ रुपैयाँ सडक दस्तुर लिँदै आएको थियो ।
वृद्धि भएको नयाँ सडक दस्तुरमा मोटर साइकलका लागि रु १० रुपैयाँ, जिप, कार भ्यान र ट्रयाक्टरका लागि ६० रुपैयाँ तथा ठूला सवारीका साधन र ढुवानीका साधनका लागि १ सय ३० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।


यता बुटवल नारायणगढ सडक खण्ड अन्तरगत बुटवलको रामनगरमा पोष्टले संझौता विपरित उठाउंदै आएको सडक उपभोग दस्तुर उठाउने काम बन्द भएको छ । सडक उपभोग दस्तुर बृद्धिका विरुद्ध रुपन्देही देवदह क्षेत्रका नागरिक विरोधमा उत्रिएपछि नियम विपरित दस्तुर उठाउने काम बन्द भएको हो । बुटवल नारायणगढ सडक खण्ड अन्तरगत सुनकोसी कन्स्ट्रक्सन नेपाल प्रा. लि. काठमाण्डौले बुटवलको रामनगरमा पोष्ट राखेर सम्झौता विपरित सडक दस्तुर उठाउँदै आएकोमा नागरिकको चर्को दबाबपछि नियमानुसार जाने भएको छ । देवदह नगरपालिका निवासी सामाजिक अभियन्ता सिद्धिचरण भट्टराईको अगुवाईमा सो क्षेत्रका नागरिकहरुले सडक दस्तुर वृद्धिको विरोध गर्दै निर्णय प्रतिलिपि तथा सम्झौता सार्वजनिक गर्न दवाव दिएपछि कम्पनीले नियम विपरित दस्तुर उठाएको खुलासा भएको हो । नियमअनुसार सम्झौता पत्रको बुँदा नम्बर १३ को १ मा रुपन्देही जिल्लाका सार्वजनिक सवारीका साधनलाई ५० प्रतिशत छुट गरिने उल्लेख गरिएको छ भने सम्झौताको बुँदा नम्बर १३ को २ मा जिल्लाका मोटरसाइकललाई शुल्क नलिने उल्लेख गरिएको छ ।


सडक बोर्डले लिँदैआएको शुल्कमा दोब्बर वृद्धि गरेपछि देवदह क्षेत्रका यातायात व्यवसायी तथा निजी सवारीधनीहरुले यसको बिरोध गर्दै आएका थिए । स्थानीयको विरोध पछि सुनकोसी कन्स्ट्रक्सन नेपाल प्रा. लि., स्थानीय प्रहरी प्रशासन र सरोकारवालाहरु बीच विहिबार भएको छलफल पछि नियमानुसार मात्र सडक उपभोग दस्तुर लिने सहमति भएको छ ।

≪ Previous Post

रुपन्देहीका उद्योगी ब्यवसायीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन

Next Post ≫

आजको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क