Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीका उद्योगी ब्यवसायीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीका उद्योगी ब्यवसायीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन

संसारपोस्ट संवाददाता · २ श्रावण २०७६ · 0
रुपन्देहीका उद्योगी ब्यवसायीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन
60
SHARES
ShareTweet


भैरहवा, २ साउन । रुपन्देहीका सातवटा व्यवसायिक संघसंस्थाले सामाजिक सुरक्षा योजना, अनिवार्य भ्याट र अनलाइन प्रणाली भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) तत्काल लागू गर्न नसकिने जनाउँदै जिल्ला प्रशासन कार्यालयमार्फत् बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै व्यवसायीले नयाँ प्रावधान लागू गर्दा त्यसलाई दीर्घकालीन गराउन व्यवसायीलाई थप समय दिइनु पर्ने माग गरे ।
समाजिक सुरक्षाकोष तत्काल लागू गर्न नसकिने र उद्योग–व्यवसायको मापदण्ड छुट्याइ फरक फरक तरिकाले लागू गर्नुपर्ने, भीसीटीएस सुरुमा भन्सारबाट आयात निर्यात गर्दा लागू गर्नु पर्ने र त्यो सफल भए मात्रै पूर्ण रुपमा लागू गर्नु पर्ने, ढुवानीको साधनमा लगाइएको १३ प्रतिशत भ्याट हटाउनु पर्ने लगायतका माग गरेका छन् ।
ज्ञापन पत्रमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, नेपाल घरेलु तथा साना उद्योग महासंघ, रुपन्देही अध्यक्ष कन्हैयालाल कसौधन, रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष बाबुराम बोहरा, रुपन्देही व्यापार संघका अध्यक्ष पदमप्रसाद श्रेष्ठ, तिलोत्तमा चेम्बर अफ कमर्र्सका अध्यक्ष झविन्द्र कँडेल र उद्योग व्यापार संघ बुटवलका उपाध्यक्ष ज्योति भण्डारीले हस्ताक्षर गर्नुभएको छ । यी संस्थाहरुको साझा संजालले सामाजिक सुरक्षा योजना र भिसिटिएसका विरुद्ध सामूहिक धारणा बनाएर यसलाई सच्याउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै सहायक प्रजिअ शर्माले उद्योगी–व्यवसायीका माग सहितको ज्ञापन पत्र विहिबार नै प्रधानमन्त्री कार्यालय पठाउने बताउनु भयो ।

≪ Previous Post

बुद्ध मूर्ति तोडफोडको चौतर्फी बिरोध, दोषि पत्तालगाई कारवाही गर्न माग

Next Post ≫

सम्झौता विपरित सडक उपभोग दस्तुर अशुली

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क