Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुद्ध मूर्ति तोडफोडको चौतर्फी बिरोध, दोषि पत्तालगाई कारवाही गर्न माग
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुद्ध मूर्ति तोडफोडको चौतर्फी बिरोध, दोषि पत्तालगाई कारवाही गर्न माग

संसारपोस्ट संवाददाता · २ श्रावण २०७६ · 0
बुद्ध मूर्ति तोडफोडको चौतर्फी बिरोध, दोषि पत्तालगाई कारवाही गर्न माग
100
SHARES
ShareTweet


तिलोत्तमा, २ साउन । तिलोत्तमा नगरपालिकाले सिद्धार्थराजमार्ग अन्तर्गत छ लेन सडकको विचभागको डिभाइडरमा राखेका बुद्धका मूर्तिहरु तोडफोड गरिएको प्रति चौतर्फी विरोध भएको छ । विभिन्न राजनीतिक दल तथा सामाजिक संघ संस्थाहरुले विज्ञप्ति जारी गरेर घटनाको बिरोध जनाएका छन् ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल बेलहिया छ लेन सडक खण्डको बीचभागमा रहेका ५ वटा बुद्धका मूर्ति बुधबार राति तोडफोड भएको थियो । सिक्सलेन सडकको शँकरनगर चोकदेखि नयाँमिलसम्म रहेका बुद्धमूर्ति तोडफोड गरिएको छ । बुद्धमूर्ति कस्ले किन तोड फोड गर्यो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । बुद्धका मूर्तिहरु तोडफोड गरिएको घटना प्रति नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँड, प्रदेश ५ का अर्थ उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने, तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेब घिमिरे, नेपाली काँग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, नेकपा तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाई, नेपाली काँग्रेस तिलोत्तमा १÷५ समन्वय समिति, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव), तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपि कँडेल, बुद्ध मूर्ति व्यवस्थापन समिति सिद्धार्थनगर नगरपालिकाका अध्यक्ष भरत पोख्रेललगायतले बिज्ञप्ति प्रकाशित गरी दोषिको पहिचान गरी कडा भन्दा कडा कारवाहीको माग गर्नुभएको छ । राजनीतिक दल, सांसद, नगरपालिका, तथा विभिन्न संघसंस्थाले जारी गरेका विज्ञप्ति तल हेर्नुहोला ।

≪ Previous Post

बुद्धका मूर्तिहरु तोडफोड गरिएकोमा काँग्रेसको आपत्ति

Next Post ≫

रुपन्देहीका उद्योगी ब्यवसायीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क