Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुद्धका मूर्तिहरु तोडफोड गरिएकोमा काँग्रेसको आपत्ति
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुद्धका मूर्तिहरु तोडफोड गरिएकोमा काँग्रेसको आपत्ति

संसारपोस्ट संवाददाता · २ श्रावण २०७६ · 0
बुद्धका मूर्तिहरु तोडफोड गरिएकोमा काँग्रेसको आपत्ति
60
SHARES
ShareTweet


तिलोत्तमा, २ साउन । तिलोत्तमा नगरपालिकाले सिद्धार्थराजमार्ग अन्तर्गत छ लेन सडकको विचभागको डिभाइडरमा राखेका बुद्धका मूर्तिहरु तोडफोड गरिएको प्रति चौतर्फी विरोध भएको छ । विभिन्न राजनीतिक दल तथा सामाजिक संजालमा यसको ब्यापक विरोध भएको छ । सिद्धार्थ राजमार्गको बटुवल बेलहिया सडक खण्डको बीच भागमा रहेको बुद्धको मूर्ति बुधबार राति तोडफोड भएको थियो ।
बुद्धका मूर्तिहरु तोडफोड गरिएको प्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ । नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति जारी गर्दै बुद्धको मूर्ति तोडफोड भएको घटनाको भ्रत्सना गर्नुभएको छ ।


‘गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान हो’ खाँणले विज्ञप्तिमा भन्नुभएको छ – ‘यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रुपमा बुद्धको मूर्तिलाई तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय एवं घोर आपत्तिजनक छ ।’
काँंग्रेस संसदीय दलले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारवाही गर्न समेत माग गरेको छ ।

बुद्धको मूर्ति कस्ले र किन फोड्यो भन्ने खुलेको छैन । प्रहरीले अनुसन्धान भैरहेको जनाएको छ ।

≪ Previous Post

गैडहवा गाउँपालिकामा बजेट पारित हुन सकेन

Next Post ≫

बुद्ध मूर्ति तोडफोडको चौतर्फी बिरोध, दोषि पत्तालगाई कारवाही गर्न माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क