Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ स्वास्थ्यकर्मीको लापरवाहीका कारण लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको मृत्यु ५ सदस्य छानविन समिति गठन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्वास्थ्यकर्मीको लापरवाहीका कारण लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको मृत्यु ५ सदस्य छानविन समिति गठन

संसारपोस्ट संवाददाता · १९ आश्विन २०७७ · 0
स्वास्थ्यकर्मीको लापरवाहीका कारण लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको मृत्यु ५ सदस्य छानविन समिति गठन
130
SHARES
ShareTweet

बुटवल १९ असोज
कोरोना भाईरस भएको आसंकामा बिरामीले उपचार नपाउँदा लुम्बिनी प्रादेशिक अस्पतालमा एक जनाको ज्यान गएको छ । अर्घाखाँचीको सन्दिखर्क नगरपालिका वडा नं. ११ डिभर्नाका ६२ वर्षीय हरि खनालको उपचार अभावमा सोमबार बिहान ५ बजे ज्यान गएको हो ।
कोरोना आसंका गरिएपनि मृत्युपछि आएको पीसिआर रिपोर्ट भने कोरोना नेगेटिभ आएको छ ।
उहाँलाई ज्वरो आउनुको साथै छातीमा समस्या भएपछि शनिबार दिउँसो ३ बजे लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएको थियो ।
कोरोना आसंका गरिएको बिरामीको तत्कालै स्वाब संकलन गर्ने तथा परिक्षण गर्ने काम पनि हुन नसकेको छोरा नविन खनालले बताउनु हुन्छ । उपचारका क्रममा अन्य परिक्षण सबै नर्मल नै आएको र हल्का किड्नीमा समस्या देखिएको उहाँले बताउनु भयो ।
कोरोना आसंका गरिएको बिरामीको भोली बिहान (आईतबार) १० बजेमात्रै अस्पतालले स्वाब संकलन गर्यो । ‘जटिल समस्या भएका बिरामीको तत्कालै स्वाब संकलन गर्ने र आधा एक घण्टा भित्रै पीसिआर रिपोर्ट आउँछ भन्ने सुनेको थिए ।’ उहाँले भन्नुभयो–‘तर यहाँ त स्वाब संकलन पनि अर्को दिन मात्रै भयो र त्यसको रिपोर्ट विरामीको मृत्यु पछि मात्रै आयो ।’
मृतक खनालका आफन्तले बिरामीलाई समस्या भयो भन्दा पनि उपचारमा संलग्न स्वास्थ्यकर्मीले हेलचेक्याई गरेको आरोप लगाएका छन् । बिरामीलाई समस्या भयो भनेर स्वास्थ्यकर्मीलाई बोलाउँदा आधाघण्टापछि मृत्यु भईसकेपछि मात्रै आएकोकुरुवा छोरी सीता पोेखरेलले बताउनु भयो । बुवा मरिसकेपछि पनिस्वास्थ्यकर्मीले मृत्य शरिरमा सुई लगाएको सीताले बताउनु भयो । पीडित परिवारवाट बुवाको उपचारमा लाप्रवाहीका कारण मारिएको भन्दै आन्दोलित भएपछि बसेको बैठकले ५ सदस्यीय छानविन समिति गठन गरेको असपतालका निमित्त सुपरिटेण्ट नेत्र बहादुर रानाले बताउनु भयो । उपचारको क्रममा भएको लाप्रवाहीको वारेमा छानविन गरि समितिको प्रतिवेदनका आधारमा उपचारमा संग्लनलाई कारवाही समेत गर्ने निर्णय भएको छ । छानविन समितिको संयोजकमा डा. प्रदिप कुमार श्रीवास्तव,र सदस्यमा गोविन्द खनाल , यमलाल भुसाल ,सृष्टि कोईराला,र मित्रहरि आर्चाय रहनु भएको छ । समितिले १ सातामा प्रतिवेदन बुझाउने गरि म्याद दिईएको छ ।

≪ Previous Post

प्रदेश सभामा नेपाली काँग्रेसद्धारा रोष्टम घेराउ ,राजधानीको प्रस्तावको औचित्व प्रमाणित गर्न माग

Next Post ≫

कोरोना जितेका नवलपुरका ३३ जनाले गरे प्लाज्मा दान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क