बुटवल १९ असोज प्रदेश सभा प्रदेश नम्बर पाँचको सोमवारको ३० औं बैठकमा वोल्दै नेपाली काँग्रेसका संसदिय दलका नेता विरेन्द्र कनौडियाले गैर संम्बैधानिक तरिकाले ल्याईएको राजधानीको प्रस्तावको औचित्व प्रमाणित गर्न माग गर्नु भयो । उहाँले बुटवल किन नहुने र दाङ केकारणले राजधानी हने भनेकुराकोे औचित्य प्रमाणित गर्न माग गर्नु भयो । नेता कनौडियाले दलिय सहमती विना ल्याईएको राजधानीको प्रस्ताव फिर्ता गर्न पनि माग गर्नु भएको थियो । राजनैतिक संवाद र सहमतीवाट मात्र प्रस्ताव ल्याउन माग गर्नु भयो । नेता कनौडियाले वोलेपछि नेपाली काँग्रेसका सभासदहरुले संसदीय मर्यादा कार्यम गर, हिरासदमा रहेका साथीलाई विना सर्त रिहा गर, राजधानीको प्रस्ताव फिर्ता गर लगायतका नारा लगाउदै रोष्टम घेराउ गरे पछि सभामुख पूर्ण बहादुर घर्तीले २ वजे सम्मका लागि बैठक स्थगित गर्नु भएको थियो ।