Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रदेशसभा सुरक्षाकर्मीको कब्जामा, बुटवल तनाब ग्रस्त
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेशसभा सुरक्षाकर्मीको कब्जामा, बुटवल तनाब ग्रस्त

संसारपोस्ट संवाददाता · १९ आश्विन २०७७ · 0
प्रदेशसभा सुरक्षाकर्मीको कब्जामा, बुटवल तनाब ग्रस्त
60
SHARES
ShareTweet

बुटवल १९ असोज
प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा बनाउने प्रदेश सरकारको प्रस्तावमाथि छलफल हुने दिन सोमवार बुटवलमा विहानैदेखि विरोध प्रदर्शन शुरु भएको छ जसका कारण बुटवलमा तनाब भएको छ ।
राजधानी सार्ने प्रदेश सरकारको प्रस्ताव बिरूद्व आन्दोलनमा उत्रिएकोे नेपाली काँंग्रेस र रूपन्देहीमा क्रियाशील उद्योगी व्यवसायीहरुको साझा मंच संजालले बिहानैदेखि बुटवलमा प्रदर्शन गरिरहेका छन ।
प्रदेश सरकारले असोज १६ गते प्रदेशसभामा पेश गरेको प्रदेशको स्थायी राजधानी र नामाकरण सम्बन्धि प्रस्तावमाथि आजदेखि छलफल शुरु गर्ने प्रदेश सभाको कार्यसूची छ ।
प्रदेश सभामा राजधानी र नामाकरणमाथि छलफल सुरु हुने दिन बिहानैदेखि प्रदेशसभा कार्यालय क्षेत्रमा विरोध प्रदर्शन भइरहेको छ ।
प्रतिपक्षी नेपाली काँग्रेस, रुपन्देहीका उद्योगी÷व्यवसायी तथा नागरिकहरु प्रदेशसभा घेराउ गर्न विभिन्न चोक चोकमा प्रदर्शन गरिरहेका छन् ।
सम्भावित बिरोध प्रदर्शनलाई मध्यनजर गरि स्थानीय प्रशासनले बुटवलका विभिन्न चोक मन्त्रालय क्षेत्र, मुख्यमनत्रीको कार्यालय निवास र प्रदेश सभा भवन रहेको ईलाकालार्ई निषेधित क्षेत्र घोषणा गरे पनि निषेधित क्षेत्रमै प्रदर्शन भएको छ । अस्थायी मुकाम बुटवलमै राजधानी कायम गर, नेताका नाममा प्रदेशसभाको अधिकार कुण्ठित नगर जस्ता नारा लगाउँदै प्रदेशसभा तर्फ ठाउँ ठाउँबाट विरोध जुलुस निस्केको छ ।
राजधानीको प्रस्तावसँगै आन्दोलन चर्किएपछि बुटवलमा सुरक्षाकर्मी व्यापक मात्रामा सडकमा उतारिएको छ । आन्दोलनकारीले प्रदेशसभा घेराउ गर्ने भएपछि चारैतिर बाक्लो संख्यामा सुरक्षा घेरा तय गरिएको छ ।
प्रदेश सरकारले दाङ देउखुरी क्षेत्रलाई स्थायी राजधानी तोक्ने प्रस्ताव प्रदेशसभामा पेस गरेपछि प्रदेश राजनीति तरंगित बनेको छ ।
कुल ८७ सांसद रहेको प्रदेशसभामा दुई तिहाइ बहुमत पुग्न ५८ मत चाहिन्छ । ८७ मध्ये ६१ मत नेकपाको मात्रै छ ।

≪ Previous Post

विशेष समिति र विज्ञको सुझावलाई लत्याएर नयाँ ठाउँमा राजधानी सार्ने प्रस्ताव ल्याउनु षड्यन्त्र: प्रमुख सचेतक खाँण

Next Post ≫

प्रदेश सभामा नेपाली काँग्रेसद्धारा रोष्टम घेराउ ,राजधानीको प्रस्तावको औचित्व प्रमाणित गर्न माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क