Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ विशेष समिति र विज्ञको सुझावलाई लत्याएर नयाँ ठाउँमा राजधानी सार्ने प्रस्ताव ल्याउनु षड्यन्त्र: प्रमुख सचेतक खाँण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विशेष समिति र विज्ञको सुझावलाई लत्याएर नयाँ ठाउँमा राजधानी सार्ने प्रस्ताव ल्याउनु षड्यन्त्र: प्रमुख सचेतक खाँण

संसारपोस्ट संवाददाता · १९ आश्विन २०७७ · 0
विशेष समिति र विज्ञको सुझावलाई  लत्याएर नयाँ ठाउँमा राजधानी सार्ने प्रस्ताव ल्याउनु षड्यन्त्र: प्रमुख सचेतक खाँण
170
SHARES
ShareTweet

बुटवल १९असोज
नेपाली कांँग्रेस संघीय संसदका प्रमुख सचेतक बालकृष्ण खाँणले बुटवलमा भएको शान्तिपूर्ण आन्दोलनमा सहभागी पार्टीका नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेको घटनाको भ्रत्सर्ना गर्नु भएको छ ।
विशेष समिति र विज्ञहरूको सुझावलाई एकातिर पन्छाएर प्रदेश सरकारले षड्यन्त्रपूर्ण तरिकाले नयाँ ठाउँमा प्रदेश ५ को राजधानी सार्ने प्रस्ताव ल्याउनुले यस क्षेत्रका जनता आन्दोलन र प्रतिकारमा उत्रिनुपर्ने अवस्था आउनु दुःखद भएको भन्दै खाँणले प्रदेश सरकारले ल्याएको गलत प्रस्ताव सच्याउन स्वतस्फूर्त शान्तिपूर्ण रूपमा बैठक,भेला र कार्यक्रममा सहभागी आमनागरिक,उद्योगी,व्यवसायी,पत्रकार,पार्टी नेता तथा कार्यकर्ताहरूलाई तानाशाही शैलीमा धरपकड गरि गिरफ्तार गर्नु खेदजनक रहेको टिप्पणी गर्नु भएको छ ।
पुर्व मन्त्री समेत रहनु भएका कांँग्रेस नेता खाँणले सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गरि लोकतान्त्रिक मुल्य मान्यताको उपहास हुनेगरी प्रदेश सरकारले आफ्नो निर्णय कार्यान्वयन गराउन निषेधाज्ञा जारी गर्ने,आम नागरिकमा डर त्रास र भय सृजना गर्ने,धरपकड गरेर गिरफ्तार गर्ने जस्ता कार्य गरेर सरकारले गैरलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको जनाउँदै सो कार्यको भ्रत्सर्ना गर्नु भएको छ ।
प्रदेशको राजधानी सार्ने निर्णयको बिरोधमा शान्तिपूर्ण रूपमा आन्दोलनमा सहभागी हुन रूपन्देहीवासीलाई आग्रह गर्दै खाँणले शान्तिपूर्ण रूपमा बिरोध प्रदर्शन,प्रतिकारमा उत्रने नागरिकलाई दमन,धरपकड र गिरफ्तार नगर्न सरकारलाई सचेत गराउनु भएको छ । गिरफ्तार गरिएका सबैलाई बिनासर्त रिहा गर्न समेत उहाँले माग गर्नु भएको छ ।
राजनीतिक पूर्वाग्रह राखी प्रदेश सरकारले राजधानी सार्न खोज्नु यस क्षेत्रका जनताको भावना बिपरित भएको भन्दै खाँणले निषेधाज्ञा जारी गरेर जबर्जस्ती प्रस्ताव पारित गर्ने कार्य स्थगन गरि बुटवललाई नै राजधानी कायम गर्न माग गर्नु भएको छ ।

≪ Previous Post

मुख्यमन्त्री चढेको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा काँग्रेसका नेता कार्यकर्ता पक्राउ

Next Post ≫

प्रदेशसभा सुरक्षाकर्मीको कब्जामा, बुटवल तनाब ग्रस्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क