Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ मुख्यमन्त्री चढेको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा काँग्रेसका नेता कार्यकर्ता पक्राउ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मुख्यमन्त्री चढेको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा काँग्रेसका नेता कार्यकर्ता पक्राउ

संसारपोस्ट संवाददाता · १८ आश्विन २०७७ · 0
मुख्यमन्त्री चढेको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा काँग्रेसका नेता कार्यकर्ता पक्राउ
110
SHARES
ShareTweet

बुटवल, १८ असोज । प्रदेश ५ का मुख्यमन्त्री शँकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार गरेको आरोपमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
मुख्यमन्त्री सवार गाडीलाई लक्षित गरेर ढुंगा प्रहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले नेपाली काँग्रेस रुपन्देही जिल्ला समिति सदस्य तथा प्रदेश सभा सदस्यका उम्मेदवार विष्णु पोखरेल, नेपाली काँग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, सचिव शिव गैरे, नेपाल विद्यार्थी संघका केन्द्रीय उपसभापति मुक्ति पौडेल, नेपाल तरुण दलका प्रकाश गैरे, तिलोत्तमा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बहादुर कार्की, समाचार संकलनका लागि पुगेकी रेडियो नेपालकी पत्रकार कमला पाण्डे लगायतलाई पक्राउ गरेको हो । पक्राउ पछि उनीहरुलाई प्रहरीले इलाका प्रहरी कार्यालय बुटवलमा लगेको काँग्रेस नेताहरुले बताएका छन् ।
प्रहरीले उनीहरुलाई मुख्यमन्त्रीको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा पक्राउ गरेको बताए पनि नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले उनीहरुलाई सिद्धार्थ कटेजभित्रैबाट नियन्त्रणमा लिएको जानकारी गराउनु भयो । सचिव खाँणका अनुसार पार्टीका सबै साथीहरु प्रदेश राजधानी सार्ने प्रदेश सरकारको प्रस्ताव विरुद्धको आन्दोलन सकेर आन्दोलनको समिक्षा गरिरहेका बेला प्रहरीको गतिविधि देखेर बाहिर निस्किने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । मुख्यमन्त्री सवार गाडीमा ढुंगा कसले हान्यो हामीलाई थाहा भएन सचिव खाँणले भन्नु भयो ।
प्रहरीले भने ढुंगाा प्रहारबाट मुख्यमन्त्री सवार गाडीको अगाडी र पछाडीको शिसा फुटेको र ढुंगा प्रहार गर्नेलाई पक्राउ गरिएको जनाएको छ । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा कायम गर्ने प्रदेश सरकारको प्रस्ताव विरुद्ध नेपाली काँग्रेस रुपन्देही आन्दोलित बनेको छ ।

≪ Previous Post

प्रदेश राजधानी रुपन्देहीलाई कायम गर्न माग गर्दै बुटवलमा प्रदर्शन

Next Post ≫

विशेष समिति र विज्ञको सुझावलाई लत्याएर नयाँ ठाउँमा राजधानी सार्ने प्रस्ताव ल्याउनु षड्यन्त्र: प्रमुख सचेतक खाँण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क