Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेश राजधानी रुपन्देहीलाई कायम गर्न माग गर्दै बुटवलमा प्रदर्शन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश राजधानी रुपन्देहीलाई कायम गर्न माग गर्दै बुटवलमा प्रदर्शन

संसारपोस्ट संवाददाता · १८ आश्विन २०७७ · 0
प्रदेश राजधानी रुपन्देहीलाई कायम गर्न माग गर्दै बुटवलमा प्रदर्शन
90
SHARES
ShareTweet

बुटवल, १८ असोज । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावको विरोधमा बुटवलका ब्यवसायिक संघ संस्थाहरुले विरोध प्रदर्शन गरेका छन् । अस्थायी राजधानी रुपन्देहीलाई नै स्थायी राजधानी कायम गर्न माग गर्दै यस क्षेत्रका दुई दर्जन व्यवसायिक संस्थाहरुले बुटवलमा संयुक्त प्रदर्शन गरेका हुन् ।
स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्र तोडेर रुपन्देहीका पेशागत तथा ब्यवसायिक संघसंस्थाहरुको सञ्जालले प्रदर्शन गरेको हो । जिल्ला प्रशासन कार्यालयले ५ जनाभन्दा बढी भेला हुन नपाउने गरी चार दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको ठाउंमा गरिएको विरोध प्रदर्शनमा उद्योगी, व्यवसायीसहित र सर्वसाधारणको समेत सहभागिता रहेको थियो ।
राजमार्ग चौराहदेखि सुरू भएको विरोध मिलनचोक, अस्पताल लाइन हुँदै ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने वक्ताहरुले प्रदेश राजधानी दाङको देउखुरी क्षेत्रमा कायम गर्न प्रदेश सभामा गरिएको प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । उनीहरुले रुपन्देहीमा पर्याप्त पूर्वाधार बनिसकेकाले रुपन्देही नै प्रदेश राजधानी उपयुक्त रहेकाले प्रस्तावको विपक्षमा मतदान गर्न सांसंदहरुलाई आग्रह गरेका छन् ।
कोणसभामा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, नेपाल उद्योग परिसंघ प्रदेश ५ का अध्यक्ष एजाज आलम, रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष माधव पौडेल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसी, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी लगायतले बोल्दै राजधानी सार्ने प्रस्ताव फिर्ता नभए आन्दोलन चर्काउने चेतावनी दिनुभयो ।

≪ Previous Post

बुटवलवाट राजधानी सार्न पाईदैन भन्दै कांग्रेसले आह्वान गरेको जिल्ला बन्द पुर्णरुपमा ठप्प

Next Post ≫

मुख्यमन्त्री चढेको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा काँग्रेसका नेता कार्यकर्ता पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क