Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ तिलोत्तमामा बाढी तथा डुबान पीडितलाई राहत दिन मापदण्ड तय,गाई भैसीमरेमा ५ हजार राहात दिने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमामा बाढी तथा डुबान पीडितलाई राहत दिन मापदण्ड तय,गाई भैसीमरेमा ५ हजार राहात दिने

संसारपोस्ट संवाददाता · १७ आश्विन २०७७ · 0
तिलोत्तमामा बाढी तथा डुबान पीडितलाई राहत दिन मापदण्ड तय,गाई भैसीमरेमा ५ हजार राहात दिने
140
SHARES
ShareTweet

बुटवल १७ असोज
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले यही असोज ९ गते राति आएको बाढी तथा डुबानबाट पीडित परिवारलाई राहात दिन मापदण्ड तय गरेको छ । स्थलगत अवलोकनपछि वातावरण तथा विपद् व्यवस्थापन समितिले तयार गरेको राहत वितरण मापदण्डलाई कार्यपालिका बैठकले अनुमोदन गरेको हो । मापदण्डअनुसार संकलित लगतको आधारमा केही दिनभित्रैं राहत वितरण गरिने नगरपालिकाले जनाएको छ ।
भारी वर्षासँगै आएको बाढी तथा डुबानबाट वडा नं. १, ७, ८ ,११, १२ लगायतका वडाहरु सबैभन्दा बढी प्रभावित भएका थिए । सुखौरा तथा रोहिणी नदी र सिँचाई नहर आसपासका बस्ती बाढी तथा डुबानबाट प्रभावित भएका हुन् ।
विपद् व्यस्थापन समितिको बैठकले कार्यपालिका सदस्य राधा शाही संयोजक, नगरसभा सदस्यद्धय नेत्र खनाल, यमबहादुर थापा तथा ईञ्जिनियर गिरीराज डुम्रे र सव–ईञ्जिनियर कमल खड्का सदस्य रहेको क्षति लगत संकलन उप–समिति गठन गरेको थियो ।
उप–समितिले बुझाएको प्रतिवेदनको आधारमा विपद् व्यवस्थापन समितिले राहत वितरण मापदण्ड कार्यपालिका बैठकमा पेश गरेको समिति संयोजक एवं नगर प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो । मापदण्डअनुसार लत्ताकपडा, भाडावर्तन बगाएका पीडित परिवारलाई सात हजार, घर–गोठ आंशिक क्षति पुगेको परिवारलाई दश हजार, घर पूर्णरुपमा क्षति भएको परिवारलाई बीस हजार रुपैंयाँ राहत पाउने छन् ।
यस्तै गाईं भैसी मरेकोमा प्रतिगोटा पाँच हजार, बंगुर, बाख्रा मरेकोमा प्रतिगोटा पाँच सय रुपैंयाँ, धानबाली पूर्ण नष्ट भएकोमा प्रति विगाहा बीस हजार रुपैंयाँ राहत पाउने छन् । यसैगरी कुखुरा–हाँस ५० गोटासम्म तीन हजार, २५० गोटासम्म पाँच हजार, ५०० गोटासम्म सात हजार रुपैंयाँ राहत दिने मापदण्ड निर्धारण भएको छ ।
माछा पोखरीमा पुगेको क्षतिमा प्रतिपोखरी पाँच हजार रुपैंयाँ राहत दिनेगरी मापदण्ड निर्धारण भएको समिति संयोजक श्रीले जानकारी दिनुभयो । यसैगरी विभिन्न उद्योगधन्दामा पुगेको क्षतिमा पनि राहत दिइने उहाँले बताउनुभयो । नदी कटान नियन्त्रण, व्यवस्थापन र अल्प तथा दीर्घकालीन रुपमा समस्या समाधानको लागि नगरपालिकाले प्रदेश तथा संघीय सरकारसँग माग गर्ने उहाँको भनाइ छ ।
असोज ९ गते रातिको बाढीबाट समस्यामा परेका नगरबासीको उद्धारको लागि मध्यरातमैं नगर प्रमुख बासुदेव घिमिरे लगायतका जनप्रतिनिधि, राजनीतिक दलका नेता, टोल विकास संस्थाका पदाधिकारी, समाजसेवी घटनास्थलमा खटिएका थिए ।

≪ Previous Post

प्रदेश राजधानी सार्ने प्रस्तावको बुटवलका संघ संस्थाकोे कडा आपत्ति:सडकमा सुतेर आन्दोलन चर्काउने चेतावनी

Next Post ≫

सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल उपमहानगर कमिटीद्धारा राजधानी सार्ने प्रस्ताव प्रति गम्भिर ध्यानाकर्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क