Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रदेश राजधानी सार्ने प्रस्तावको बुटवलका संघ संस्थाकोे कडा आपत्ति:सडकमा सुतेर आन्दोलन चर्काउने चेतावनी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश राजधानी सार्ने प्रस्तावको बुटवलका संघ संस्थाकोे कडा आपत्ति:सडकमा सुतेर आन्दोलन चर्काउने चेतावनी

संसारपोस्ट संवाददाता · १७ आश्विन २०७७ · 0
प्रदेश राजधानी सार्ने प्रस्तावको बुटवलका संघ संस्थाकोे कडा आपत्ति:सडकमा सुतेर आन्दोलन चर्काउने चेतावनी
130
SHARES
ShareTweet

बुटवल १७ असोज
प्रदेश ५ को स्थायी राजधानी बुटवल बाट अन्यत्र सार्ने प्रदेश सरकारको निर्णय र प्रदेश सभामा पेश भएको प्रस्ताव प्रती बुटवलका संघ संस्थाकोे कडा आपत्ति जनाएका छन ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बहुसंख्यक जनताको केन्द्र ,पूर्वाधारका हिसाबले सुबिधासम्पन्न , राजधानीको नाममा यहाँका सामाजिक संघ संस्थाहरुले आफना सुबिधा सम्पन्न भवन समेत सरकारलाई उपलब्ध गराएको र उपयुक्त रुपन्देही जिल्लाबाट राजधानी सारेर दाङ² लैजाने निर्णय अव्यवहारीक र अदुरदर्शि भएको संघको ठहर छ । संघका अध्यक्ष समुन्द्र जिसी र महासचिव माधव कुमार खनालद्धारा जारी विज्ञप्तिमा बुटवलमा स्थायी राजधानी स्थापना गर्न विगत लामो समयदेखि यस क्षेत्रका व्यवसायिक संघसंस्था र आम सर्वसाधारणले गरेको योगदानलाई अवमुल्यन एको ठहर समेत गरिएको छ ।
विज्ञप्तिमा राजनैतीक पूर्वाग्रही मानसिकता कारण हालको विषम परिस्थिीतिको समेत ख्याल नराखी प्रस्ताव पेश गरिनु यस क्षेत्रका व्यवसायी र जनमत माथी खेलवाड गर्न खोजिएको उललेख गरिएको छ ।
देशका हरेक आन्दोलनको उर्वर भूमिका रुपमा परिचित बुटवलका व्यवसायी र आम जनताको शक्तिलाई कमजोर आकलन नर्गन र बुटवललाई नै स्थायी राजधानी कायम गर्न संघले माग गरेको छ ।
विज्ञप्तिमा प्रदेश नं ५को स्थायी राजधानी बुटवको विकल्प नरहेको भन्दै यसको बिकल्प खोजिए जस्तो सुकै आन्दोदन गर्न र सडकमा सुन्त बाध्य हुन परेपनि तयार रहेको चेतावनी समेत दिईएको छ ।
यसैकबीच रुपन्देही उद्योग संघले प्रदेश ५ को स्थायी राजधानी बुटवल बाट अन्यत्र सार्ने प्रदेश सरकारको निर्णय र प्रदेश सभामा पेश भएको प्रस्ताव प्रती गम्भिर ध्यानाकर्षण भएको छ । बहुसंख्यक जनताको केन्द्र , पूर्वाधारका हिसाबले सम्पन्न र उपयुक्त रुपन्देही जिल्लाबाट राजधानी सारेर दा² लैजाने निर्णय अव्यवहारीक र अदुरदर्शि भएको संघको ठहर छ । बुटवलमा स्थायी राजधानी स्थापना गर्न विगत लामो समयदेखि यस क्षेत्रका प्रदेश नं ५को स्थायी राजधानी बुटवको विकल्प नरहेको यस परिप्रेक्षमा प्रदेश सभामा सहभागी सम्पूर्ण पार्टी र सभासदज्यूहरुलाई समेत यस विषयमा आफ्नो अडान कायमै राख्नुहुन हार्दिक अनुरोध गर्दछौं ।
त्यस्तै रुपन्देही व्यापार संघले पनि रुपन्देहीको बुटवलमा रहेको प्रदेश ५ को अस्थायी राजधानीलाई प्रदेश सरकारले दाङको भालुवाङमा स्थायी राजधानी बनाउने निर्णय गरि प्रदेश बैठकमा प्रस्ताव दर्ता गरेको कदमप्रति कडा निन्दा तथा भत्सर्ना गरेको छ ।
संघका अध्यक्ष यमलाल लोहनी तथा महासचिव दयानीधि भण्डारीले संयुक्त रुपमा जारी विज्ञप्तिमा लामो राजनीतिक आन्दोलनपछि मुलुकमा संघीय गणतन्त्र स्थापना भएको र राज्यको पुरनसंरचनाका क्रममा मुलुकलाई ७ प्रदेशमा विभाजन गरि सोही अनुसार सरकार सञ्चालन भएको अवस्थामा प्रदेशको स्थायी राजधानीको टुगों लगाउनु पर्नेमा जनभावना विपरित राजधानी सार्ने प्रस्ताव अगाडी सारिएकोमा आपत्ति प्रकट गरिएको छ ।
प्रदेश निमार्ण भएसंगै त्यसलाई कार्यान्वयनमा ल्याउन र राजधानीको स्थायीत्वका लागी आवश्यक भौतिक संरचनाको व्यवस्था गर्न संघले आफ्नो भवन प्रदेश सरकारलाई उपभोग गर्न दिएको स्मरण गर्दै संघले राजधानीका लागि सबै प्रकारले उपयुक्त स्थान रुपन्देही नै रहेको कुरामा कुनै दुई मत नभएको जनाएको छ ।
संघले रुपन्देही बुटवलबाट प्रदेश राजधानी सार्ने प्रदेश सरकारको निर्णयलाई खारेज गराउन र रुपन्देहीलाई राजधानी तोक्न सबै व्यवसायीक संघसंस्था, पेशागत संगठन र आम सर्वसाधारणलाई एक जुट भएर अगाडी आउन हार्दिक अपिल समेत गरेको छ ।

≪ Previous Post

नवलपुरका ट्याक्टर व्यवसायी सडक आन्दोलनमा, नदीजन्य वस्तुको निकासी खोल्न माग

Next Post ≫

तिलोत्तमामा बाढी तथा डुबान पीडितलाई राहत दिन मापदण्ड तय,गाई भैसीमरेमा ५ हजार राहात दिने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क