Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुद्रपुर धमिनाताल सामुदायिक बन साधारण सभा : बनको बिकास र संरक्षण उभोक्ताहरुको सचेतनाबाट मात्र
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुद्रपुर धमिनाताल सामुदायिक बन साधारण सभा : बनको बिकास र संरक्षण उभोक्ताहरुको सचेतनाबाट मात्र

संसारपोस्ट संवाददाता · १५ आश्विन २०७७ · 0
रुद्रपुर धमिनाताल सामुदायिक बन साधारण सभा : बनको बिकास र संरक्षण उभोक्ताहरुको सचेतनाबाट मात्र
140
SHARES
ShareTweet

कञ्चन१५ असोज
रुद्रपुर धमिनाताल सामुदायिक बन उपभोक्ता समूह,कञ्चन ३ र ४ ,रुपन्देहीको १९ औं साधारण सभा तथा उपभोक्ता भेला बिहिवार सम्पन्न भएको छ ।
साधारण सभाका वक्ताहरुले सामुदायिक बनको बिकास र संरक्षण उभोक्ताहरुको सचेतनाबाट सम्भव हुने कुरामा जोड दिएका छन ।
समूहको साधारण सभा उद्धघाटन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले संरक्षणले मात्र सामुदायिक बनको उपयोगितामा ह्रास आउने बताउनु भएको छ । पुरानै गति र नीतिले सामुदायिक बनको संरक्षण होइन बन प्रतिको उपभोक्तामा निरासा र बितृष्णाको भावना बिकास हुने भएकोले उपभोक्ताहरुले प्रत्यक्ष लाभान्वित हुन सक्ने कृषि बनको कार्यक्रम संचालन गर्नु पर्ने अध्यक्ष क्षेत्रीले बताउनु भएको छ। अध्यक्ष क्षेत्रीले सामुदायिक बनका समिति र उपभोक्ताहरुले कहिले रुख ढल्ला र पाउला भन्ने आशामा नभई बनको संरक्षण गर्दै बन भित्रै आयआर्जनको कार्यक्रममा उपभोक्ताहरुलाई संलग्न गराउन सके दिगो बिकास हुने कुरामा जोड दिनु भएको छ ।
सामुदायिक बन उपभोक्ता महासंघ,रुपन्देहीका अध्यक्ष दिनानाथ आचार्यले बैज्ञानिक ब्यबस्थापनको नाममा भ्रष्ट कर्मचारी,राजनैतिक दलका भ्रष्ट नेता,बनका जिल्ला डिभिजन बनका प्रमुख सहित सबै तहका कर्मचारीहरुले अनियमित गर्ने र उनिहरु नै बनको बिकास भन्दा बिनास तर्फ उन्मुख रहेको आरोप लाउनु भएको छ। बैज्ञानिक बन ब्यबस्थापनले भ्रष्ट नियत भएका ठेकेदार,राजनैतिक दलका नेता,कर्मचारीलाई बाहेक आम उपभोक्ताहरुको हितमा नभएको जिकिर गर्दै दिगो बन बिकासको लागि महासंघले निरन्तर आन्दोलन गर्दै आइरहेको महाचसंघका अध्यक्ष आचार्यले बताउनु भएको छ । सामुदायिक बनको नीति भनेको सामुदायिक बनवाट प्राप्त हुने सम्पुर्ण आम्दानीको ४० प्रतिशत सामुदायको बिकासका लागि खर्च गर्नु पर्ने बांकी ६० प्रतिशतको ३५ प्रतिशत सामुदायिक बन क्षेत्र भित्र रहेका बिपन्न,उत्पिडित र हरेक कुराले पछाडी परेका समुदायहरुको आर्थिक,सामाजिक,शैक्षिक स्तर बृद्धि गर्नमा खर्च गरिनु पर्ने महाचसंघका अध्यक्ष आचार्यले उल्लेख गर्नु भएको छ । दिगो बन बिकासले मात्र आम उपभोक्ताको हितमा काम गर्ने भएकोले दिगो बन बिकासका लागि सामुदायिक बन क्षेत्र भित्र कृषि बन कार्यक्रम लागु गरिनु पर्नेमा जोड दिनु भएको छ।
वडा नं. ३ का वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछानेले सामुदायिक बनको संरक्षणले मात्र उपभोक्ताहरुमा बन प्रतिको मोह सुरक्षित नहुने भएकोले सामुदायिक बनलाई धार्मिक र जैबिक पर्यटनको बिकास गर्नु पर्ने कुरा उल्लेख गर्नु भएको छ। बनलाई नोक्सान नपुर्याई बन भित्र,बनभोज स्थल,सुन्दर पार्क लगायतको बिकास गर्न सके राम्रो बनको महत्व अझ बढ्ने बताउनु भएको छ। कार्यक्रममा राजनैतिक दलहरुको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रतिनीधि पुष्पराज पौडेल,राष्ट्रिय जनमुक्ती पार्टीका भैरब बहादुर थापा,लाली गुरांस युवा क्लवका अध्यक्ष तथा लायन्स क्लव अफ कञ्चन हरैयाका अध्यक्ष राम बहादुर थापा,अस्नैया युवा क्लवका अध्यक्ष दुर्गा राजकोटी,हरैया बहुमुखी क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष लिला कुमारी पौडेल लगायतले दिगो बन बिकासका लागि उपभोक्ता मैत्री बनको बिकास गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
समूहका अध्यक्ष जित बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समूहका सह सचिव रत्न बहादुर क्षेत्रीको स्वागत तथा सचिव पार्वती घर्ति मगरले भेला संचालन गर्नु भएको थियो । समूहका अध्यक्ष जित बहादुर क्षेत्रीले समूहको ३२ लाख ३४ हजार २ सय ५ रुपैया बराबरको आय ब्यय प्रस्तुत गर्नु भएको थियो ।

≪ Previous Post

स्कुटी दूर्घटना हुदाँ तिनपा २ जानकीनगरकी २४ वर्षिय सोहिराको ज्यान गयो

Next Post ≫

नवलपरासीमा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क