Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ शैक्षिक क्षेत्रमा परेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको सरोकारवालाको गुनासो
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शैक्षिक क्षेत्रमा परेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको सरोकारवालाको गुनासो

संसारपोस्ट संवाददाता · १५ आश्विन २०७७ · 0
शैक्षिक क्षेत्रमा परेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको सरोकारवालाको गुनासो
120
SHARES
ShareTweet

बुटवल १५ असोज
कोभिढ १९ ले शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको सरोकारवालाहरुले औल्याएका छन ।
उनिहरुले सरकार वा राज्य संचालकहरु मुलुकको शिक्षालाई कसरी संचालन गर्ने भन्ने योजना नै दिन नसकेको भन्दै लाखौ विद्यार्थीको भविष्यको वारेमा गम्भिर हुन नसक्नु चिन्ताको विषय भएको ठहर गरेका छन ।
अभिभावक संघ रुपन्देही र नेपाल अभिभावक महासंघ प्रदेश ५ को सम्युक्त आयोजनामा विहिवार बुटवलमा भएको सकिाई सहजिकरणका लागि अभिभावक शिक्षा विषयक कार्यक्रममा वोल्ने वक्ताहरुले सरकारले जारी गरेको सिकाई निर्देशिकालाई स्वयम सरकारले नै पालना गराउन नसकेको र सरकार नै सिकाई निर्देशिकाको सवालमा अन्यौलमा रहेको टिप्पणी गरेका थिए । सरकारले जारी गरेको सिकाई निर्देशिकालाई कहिले सरकारका शिक्षा मन्त्रीले पालना गर्न भन्ने कहिले त्यस्लाई ततकाल संचालन नगर्न निर्देशन गर्ने गरेकाले शिक्षा क्षेत्रमा थप अन्यौल बढेको उनिहरुले गुनासो गरेका छन । कार्यक्रममा रुपन्देही जिलला शिक्षा विकास समन्वय ईकाईका प्रमुख दिपेन्द्र ढकालले राम्रो विद्यालय र असल विद्यार्थी उत्पादन गर्न अभिभावकको महत्वपूर्ण भूमिका हुने धारणा राख्नु भयो ।
सरकारले जारी गरेको सिकाई निर्देशिकालाई व्यवहारमा पालना गरेमा शैक्षिक क्षेत्रमा देखिएको अन्यौललाई केही भएपनि राहात प्रदान गर्न सकिने भन्दै उहाँले अभिभावकआफनो दाईत्ववाट पन्छिन नहुने बताउनु भयो । विगत ७ महिना देखि अवरुद्ध सिक्ने सिकाउने शैक्षिक प्रणालीलाई सिकाई निर्देशिकाले लगानी कर्ता, र विद्यार्थीलाई समेत राहात पुग्ने समेत उहाँले बताउनु भयो । कार्यक्रममा नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभा भण्डारीले सरकारले जारी गरेको सिकाई निर्देशिकालाई व्यवहारमा पालना गर्न र प्रभावकारी रुपमा कार्यान्वयन गराउने सवालमा सरकारी पक्ष गम्भिर हुन जरुरी रहेको औल्याउनु भयो ।
उहाँले बच्चा जन्माउने अभिभावकहरुले बच्चाको शैक्षिक उन्ननयनका लागि पनि आफनो दाईत्व हो भन्ने कुरालाई विर्सन नहुनेमा जोड दिनु भयो । कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष घनश्याम पाठकले राज्य संचालकहरु मुलुकको शैक्षिक उन्नतीका सवालमा कती पनि जिम्मेवार नभएको ठिप्पणी गर्नु, भयो ।
सरकार कोभिडले थला परेको ७ महिना पुग्दा पनि मुलुकको शैक्षिक प्रणालीलाई कसरी संचालन गर्ने भनी ठोस नीती बनाउनु नसक्नु चिन्ताको विषय भएको अध्यक्ष पाठकले बताउनु भयो । अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रमा शिक्षा पत्रकार समुहका केन्द्रिय उपाध्यक्ष कृष्ण मल्ल, हिसान रुपन्देहीका अध्यक्ष कृष्ण पौडेल,नेपाल शिक्षक संघका रुपन्देही अध्यक्ष कूल प्रसाद लामिछाने, प्याप्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन
रुपन्देहीका सचिव विष्णुहरि ज्ञवाली, रुपन्देही उद्योग संघका उपाध्यक्ष माधव पौडेल अभिभावक संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष नित्यानन्द ज्ञवाली, नेपाल अभिभावक महासंघ प्रदेश ५ संयोजक हेमबहादुर थापाले शिक्षा क्षेत्र तीन तहका सरकारले अस्तव्यस्त बनाएको गुनासो गर्नु भएको थियो ।

≪ Previous Post

प्रदेश पाचका करिव ९ हजार प्रहरीलाई आचरण, व्यवहार सुधार गराउन प्रशिक्षण

Next Post ≫

स्कुटी दूर्घटना हुदाँ तिनपा २ जानकीनगरकी २४ वर्षिय सोहिराको ज्यान गयो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क