Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सैनामैनामा घरघर पुगेर जेष्ठ नागरिकलाई सम्मान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सैनामैनामा घरघर पुगेर जेष्ठ नागरिकलाई सम्मान

संसारपोस्ट संवाददाता · १५ आश्विन २०७७ · 0
सैनामैनामा घरघर पुगेर जेष्ठ नागरिकलाई सम्मान
60
SHARES
ShareTweet

बुटवल १५ असोज
रुपन्देहीको सैनामैना नगरपालिकामा ज्येष्ठ नागरिक सम्मानित भएका छन् ।
३० औँ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ‘महामारीमा बुढ्यौली र उम्मेरको कारण ज्येष्ठ नागरिकलाई गरिने हाम्रो सम्बोधनमा परिवर्तन ल्याउछ’ भन्ने नाराका साथ नगरमा रहेका ११ वटै वडाका ११ जना ज्येष्ठ नागरिकहरु सम्मान गरि कार्यक्रको शुरुवात गरिएको होे ।
सम्मानित हुनेमा करिब ९० वर्षदेखि १ सय उमेर बढीका ६ जना महिला र ५ जना पुरुष छन् । नगरपालिकाले नगरमा रहेका वडा तथा घर घरमै पुगेर उनीहरुलाई दोसल्ला ओढाई सम्मान गरेको हो ।
सम्मान गर्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले सबै भन्दा ज्येष्ठ प्रत्येक वडाका एक एक जनालाई वडा कार्यालयमा नै नगरपालिका स्वंयम उपस्थिति भएर सम्मान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘यस वर्ष एउटा प्रतिनिधीमुलक ढंगले वडाको सबभन्दा जेष्ठ नागरिकलार्ई सम्मान गरेका छौ ।’
नगर प्रमुख कार्कीले अहिले समाजमा कोरोना भाइरसको संक्रमण दर बढ्दै गइरहेकोले गतवर्ष जस्तो ज्येष्ठ नागरिकहरुलाई एकै ठाउँमा भेला गराएर सम्मान गर्न सम्भव नभएको हुँदा वडा तथा घर घरमै पुगेर सम्मान गरिएको उल्लेख गर्नुभयो ।
नगरमा रहेका ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिककोे निशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था नगरपालिकाले मिलाएको सैनामैना नगर उपप्रमुख बीना रानाको बताउनु भयो ।
बिहिबारबाट नै सम्पुर्ण नगरवासीहरुको स्वास्थ्य बीमा गर्नका लागि प्रत्येक वडामा एक एक जनाका दरले बीमा सहजकर्ता समेत खटाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।
सम्मान ग्रहण गर्दै वडा नं.१० दुर्गामन्दिर टोलकी १ सय १ वर्षीय मोती बुढा, वडा नं ११ बनकट्टाका ९६ वर्षीय शिवलाल आचार्य , वडा नं ५ कलौनीकी ९७ वर्षीय कुन्दा देवी चालिसे, वडा ४ रामनगरका ९४ वर्षीय जयराम पौडेल लगायतले वडा तथा घर घरमै आएर नगरले सम्मान गरकोमा खुसी व्यक्त गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।
नगर स्वास्थ्य संयोजक हेमराज पन्थीका अनुसार हरेक परिवारका ५ जना सम्म सदस्यहरुले वार्षिक रुपमा ३ हजार ५ सय रुपैँयामा पारिवारिक स्वास्थ्य विमा पनि गर्न सक्नेछन् । परिवारमा ५ जना भन्दा बढी भए प्रति थप सदस्यको रु. ७ सयका दरले थप रकम तिनुपर्नेछ ।
पुर्ण रुपमा अपाङ्गता ( रातो कार्ड ) भएका व्यक्तिहरुको निशुल्क र महिला स्वास्थ्य स्ंवयम सेवीकाहरुको हकमा पारिवारिक बीमा गर्दा ५० प्रतिशत नगरपालिकाको अनुदानमा स्वास्थ्य बीमा गरिने महिला तथा बालबालिका शाखाका प्रमुख तुल्सा ज्ञवालीले जानकारी दिनुभयो ।

≪ Previous Post

बसपार्कमा सेनिटाइज गेट निर्माणमा रोटरीको सहकार्य

Next Post ≫

प्रदेश पाचका करिव ९ हजार प्रहरीलाई आचरण, व्यवहार सुधार गराउन प्रशिक्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क