Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ स्वास्थ्य/शिक्षा ≫ भेडे खुर्सानी सेवन गर्नाले हामीलाई यस्तो फाइदा गर्छ जानिराखौँ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भेडे खुर्सानी सेवन गर्नाले हामीलाई यस्तो फाइदा गर्छ जानिराखौँ

संसारपोस्ट संवाददाता · २ श्रावण २०७६ · 0
भेडे खुर्सानी सेवन गर्नाले हामीलाई यस्तो फाइदा गर्छ जानिराखौँ
90
SHARES
ShareTweet


नेपालमा विभिन्न जातका खूर्सानीहरु पाइन्छ । त्यसमध्ये सोलेनेसी कुलको तरकारी हो खुर्सानी । प्राकृतिक रूपमा यो मध्य तथा दक्षिण अमेरिकामा पाइन्छ । ब्राजिललाई यसको उत्पत्ति स्थल मानिन्छ । यो बोलिभिया, इक्वेडोर र पेरुको मूल फल हो ।
खुर्सानी अन्तर्गत मीठो र पिरो प्रकारका खुर्सानी आउँदछन् । नेपालमा पिरोलाई खुर्सानी र मिठोलाई भेडेखुर्सानी भन्ने गरिन्छ । भारतमा यसलाई शिमला मिर्च भनिन्छ । सम्भवतः भारतबाट यो तरकारी नेपालमा प्रवेश गरेको हो । भेडे खुर्सानीको लोकप्रियता नेपालमा बिस्तारै बढ्दै गएको छ । यो तरकारी साना र सीमान्त कृषकदेखि ठूला कृषकहरूलाई समेत आर्थिक अवस्था माथि उठाउन निकै सहयोगी हुन सक्छ । पौष्टिक्ताको दृष्टिले भेडेखुर्सानी भिटामिन र खनिज लवणहरूको स्रोत हो । यसमा भिटामिन ‘ए’ र ‘सी’ प्रचुर मात्रामा हुन्छ ।
भेडे खुर्सानीको हल्का पिरोपना यसमा भएको एल्कलाइड ‘कैप्सिसिन’ को कारणले हुन्छ । कैप्सिसिन एउटा शक्तिशाली अल्कलाइड हो जुन मानिसका स्वाद कोशिकाद्वारा सजिलैसँग अनुभव गर्न सकिन्छ । यसले मुख तथा आमाशयका श्लेष्मिक झिल्लीलाई उत्तेजित गर्दछ र पाचक रस निकाल्ने व्रियालाई बढाउँछ ।
कैप्सिसिनको प्रयोग आयुर्वे्दिक र होमियोपेथिक औषधिमा गरिन्छ । टाउको दुखेको, दाँत दुखेको, शरीर दुखेको र दुख्न कम गर्ने दबाई बनाउन काम आउँछ । यसले एन्टीअक्सीडेट (जीवनरक्षक) को रूपमा पनि काम गर्दछ ।
भेडे खुर्सानीको औषधीय गुण के हो ?
भेडे खुर्सानीको सेवनले ठन्डी, दम, श्वासप्रश्वास प्रणालीमा समस्या र अर्वुद रोगसंग लड्ने क्षमता बढाउँदछ ।
भेडे खुर्सानीमा के के पाइन्छ ?
भेडे खुर्सानी पोषिलो फल तरकारी हो । यो खुर्सानी भिटामिन “ए” र “सी” मा निकै धनी छ ।
भेडे खुर्सानीको प्रयोग कसरी गरिन्छ ?
नेपालमा भेडे खुसार्नीको हरियो फलको प्रयोग गरिन्छ । भेडे खुर्सानीको सलाद, पकाएको तरकारी वा अचार बनाएर प्रयोग गरिन्छ । यसको बासना र स्वाद धेरैलाई मीठो लाग्दछ ।
जानौं भेडे खुर्सानीका फाइदाहरू

मेटाबोलिज्म बढाउनमा मद्दत गर्छ । तौल घटाउने सोच भएकाहरूका लागि भेडे खुर्सानीको सेवन निकै लाभदायक हुन्छ । यसमा क्यालोरी नगन्य मात्रामा हुन्छ जसले तौल घटाउनमा मद्दत गर्छ । यसले मेटाबोलिज्मको प्रक्रियालाई सक्रिय बनाउँछ ।
एन्टी अक्सीडेन्ट गुण
भिटामिन ए र सीले भरिपूर्ण भेडे खुर्सानी एन्टी अक्सीडेन्ट्सको राम्रो स्रो पनि हो । साथै मुटुसँग सम्बन्धित रोग, दम र मोतियाविन्दुबाट पनि बचाउनमा मद्दत गर्छ ।
क्यान्सरबाट बचाउँछ
भेडे खुर्सानीको सेवनबाट क्यान्सरको कोषलाई विकसित हुन दिदैँन । भेडे खुर्सानीको प्रयोग दिनहुँ कुनै न कुनै रुपले गर्नुपर्छ । भेडे खुर्सानीको सेवनले क्यान्सर हुने सम्भावना निकै कम हुन्छ ।
दुखाईमा राहत
भेडे खुर्सानीमा यस्तो तत्व पाइन्छ जसले छालाको दुखाईलाई स्पाइनल कोड सम्म जान दिदैँन । साथै यसमा पाइने तत्व प्राकृतिक पेनकिलर समान काम गर्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
भिटामिन सी ले भरिपूर्ण भेडे खुर्सानीले संक्रामक रोगहरूसँग लड्न मद्दत गर्छ । साथै शरीरमा रोग–प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्न पनि भेडे खुर्सानी उपयोगी हुन्छ । भेडे खुर्सानीको नियमित सेवनले फोक्सोको इनफेक्शन, दम जस्ता समस्यामा पनि राहत मिल्छ । हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छौ ।
हरियो खुर्सानी खानुहोस् र धेरै रोगहरुबाट बच्नुहोस
खानामा अमिलो र पिरो मन नपाउने सायदै नेपाली होलान् । प्राय गरेर नेपालीहरु खानासँगै हरियो खुर्सानी भने पछि हुरुक्कै हुन्छन् । खानामा पिरो मन पराउनेका लागि हरियो खुर्सानी नभै नहुँने कुरा जस्तै भइदिन्छ । हरियो खुर्सानी पिरो र स्वादका लागि मात्र नभएर स्वास्थ्यका दृष्टिकोणबाट समेत त्यतिकै फाइदाजनक छ ।
हरियो खुर्सानीमा भिटामिन ए, बी ६, सी, के, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेट जस्ता शरीरलाई आवश्यक पर्ने अनेकन पोषक तत्व पाइन्छन् । त्यसो त हरियो खुर्सानीमा बिटा क्यारोटीन, क्रिप्टोक्सान्थिन, लुटेन–जकक्सन्थिन लगायतका गुण समेत हुने गर्छन् ।
हरियो खुर्सानी खाँदा हुने ७ वटा फाइदाबारे जानकारी लिऔं
१. हरियो खुर्सानीमा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ । भिटामिन सी’ले अन्य भिटामिनलाई समेत शरीरमा राम्रोसँग घुल्न मद्दत गर्दछ ।
२. हरियो खुर्सानी एन्टी(अक्सिडेन्टको महत्वपूर्ण स्रोत हो । यसमा डाइट्री फाइबर्स प्रचुर मात्रामा पाइन्छ, जसले पाचन प्रक्रियालाई सुचारु राख्न सघाउँछ ।
३. भिटामिन ए समेत पाइने हरियो खुर्सानी आँखा र छालाका लागि पनि फाइदाजनक छ ।
४.हालै भएको एक सर्वेका अनुसार हरियो खुर्सानीले ब्लड शुगर कम गर्न मद्दत गर्दछ ।
५. हरियो खुर्सानीले ‘मूड बुस्टर’को पनि काम गर्छ । यसले मस्तिष्कमा एन्ड्रोफिनको सञ्चार गराउँछ, जसका कारण हाम्रो मूड ताजा र खुसी रहन मद्दत मिल्दछ ।
६.केही अनुसन्धानको नतिजामा विश्वास गर्ने हो भने यसले लङ्ग क्यान्सरबाट पनि बचाउन मद्दत गर्दछ । यद्यपी यस कुराको आधिकारिक पुष्टी भने भएको छैन ।
७.हरियो खुर्सानीमा एन्टि(ब्याक्टोरियल गुण हुन्छ । जसले शरीरलाई ब्याक्टोरिया फ्री रहन मद्दत गर्छ । साथै यसले रोग प्रतिरोधी क्षमता पनि बढाउन भूमिका खेल्छ ।
हरियो खुर्सानीले भाँत पुराएर खाने हो भने लाभ पनि हुन्छ । पिरो स्वादसँगै अन्य लाभसमेत उठाउन सकिन्छ । हरियो खुर्सानीले पेट र छातीमा असर गर्दैन । यसमा भिटामिन ए, बी(६, सी, आइरन, पोटासियम, कार्बोहाइड्रेट र अन्य धेरै पोषक पदार्थ पाइन्छन् ।
हरियो खुर्सानी स्वास्थ्यसँगै सौन्दर्यका लागि पनि फाइदाजनक छ । दैनिक हरियो खुर्सानी खाएमा छालामा चमक आउनुका साथै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्छ । प्रशस्त मात्रामा भिटामिन सी र ई पाइने भएकाले रगत सफा गर्नुका साथै अनुहारमा आउने पिम्पल्सबाट समेत राहत मिल्छ । हरियो खुसार्नीमा पाइने एन्टिअक्सिडेन्टका कारण ओक्साइडेसनलाई कम गर्छ । जसले कोषिकाहरूलाई स्वस्थ रहन मद्दत गर्छ ।
प्रत्येक व्यक्तिको रक्तसञ्चार फरक(फरक गतिमा हुन्छ । रगतले सम्पूर्ण शरीरमा पोषक तत्व, अक्सिजन, हर्मोन, गर्मी, इलेक्ट्रोलाइट्स आदि पुराउने गर्छ। हरियो खुर्सानी खाँदा रक्तसञ्चारलाई तीव्र बनाउन मद्दत गर्छ । हरियो खुसार्नीमा पाइने पोटासियम, फ्लोभोनोइड्स, भिटामिन सीका कारण शरीरमा प्रतिरक्षा प्रणाली मजबुत बन्छ । तर, यसका लागि सीमित मात्रामा नियमित रूपमा खुर्सानी खानुपर्छ ।
सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसका लागि हरियो खुर्सानी एकदमै उपयोगी हुन्छ । आवश्यक मात्रामा खाँदा फोक्सोमा क्यान्सर हुने सम्भावना कम रहन्छ । यसका साथै प्रोटेस्टको समस्यालाई समेत कम गर्छ ।
हरियो खुर्सानी छालाका लागि फाइदाजनक मानिन्छ। खुर्सानीमा हुने भिटामिन ईले छालाका लागि आवश्यक तेल उत्पादन गर्न सहयोग पु(याउँछ। खानासँग मात्रा मिलाएर खाँदा छालामा समेत चमक ल्याउँछ ।
हरियो खुर्सानीमा एन्टिब्याक्टेरियल गुणहरू समावेश हुन्छन् । जसले संक्रमणबाट बचाउँछ । प्रायः महिलामा आइरनको कमी हुने हुन्छ । हरियो खुर्सानीबाट यो परिपूर्ति हुन्छ । हरियो खुर्सानीमा विभिन्न पोषक तत्व हुन्छन् । तिनले आखाँको दृष्टि तेज हुनुमा मद्दत गर्दछ ।
हरियो खुर्सानीको अचार
आवश्यक सामग्री
हरियो खुर्सानी ३० वटा, आधा चम्चा बेसार, आधा चम्चा हिंग, आधा चम्चा सौफ, आवश्यकताअनुसार तेल, स्वादअनुसार नुन, एक ठूलो चम्चा कागतीको रस,
बनाउने विधि
सबैभन्दा पहिले हरियो खुर्सानीलाई पखालेर ओभानो बनाउने । हरियो खुर्सानीलाई दुई चीरा पर्ने गरी काट्ने । तर खुर्सानीलाई अलग भने गर्नु हुँदैन । त्यसपछि एउटा भाँडोमा माथिका सबै मसला मिसाएर राख्ने । तयार पारिएको मिश्रणलाई खुर्सानीसँगै मिसाउने । खुर्सानीको भित्र पुग्नेगरी मसला मोस्ने । सबै मसला खुर्सानीसँग मोसिसकेपछि त्यसमा कागतीको रस राख्ने ।
अन्त्यमा खुर्सानीलाई तेलले झान्ने । यसरी तयार गरिएको खुर्सानीको अचार एक घण्टासम्म नचलाइन राख्ने । त्यसपछि एउटा शिशाको बट्टामा हावा नछिर्नेगरी राख्ने । एक दुई दिनपछि अचार खान सकिन्छ । हरीयो खुर्सानी खानाले स्वास्थ्य सम्बन्धि धेरै समस्याहरू समाधान गर्न सकिन्छ । हरीयो खुर्सानीको फाइदा बारेमा थाहा पाउनुहोस् ।
पाचन क्रिया
हरीयो खुर्सानी खाएर पनि पाचन क्रियामा सुधार गर्न सकिन्छ । हरीयो खुर्सानीमा एन्टी(अक्सिडेन्ट र डाइट्री फाइबर्स अधिक मात्रामा हुन्छन् ।
मूड परिवर्तन
हरीयो खुर्सानी खानाले मूडमा सकारात्मक परिवर्तन पनि ल्याउन सक्छ । हरीयो खुर्सानिलाई मूड ब्रोकरको रूपमा पनि चिनिन्छ । यसले मस्तिष्कमा इन्डोर्फिन लाई संचालन गराउछ । जसको कारण मानिसलाई खुसी राख्न मदत गर्दछ ।
भिटामिन सी
हरीयो खुर्सानीमा भिटामिन सी पाइन्छ। भिटामिन सीको मदतले शरीरमा अन्य भिटामिनहरुलाई पनि सजिलै ठीक गर्न सकिन्छ ।
ब्याक्टेरिया मुक्त
हरियो खुर्सानीको मदतले शरीरलाई ब्याक्टेरियाबाट मुक्त राख्न सकिन्छ । हरीयो खुर्सानीमा एन्टी(ब्याक्टेरियल गुणहरू हुन्छन्, जसले शरीरलाई जीवाणु(मुक्त बनाउँछ । यस बाहेक, हरियो खुर्सानीले प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ ।
आँखा र छालाको लागि लाभकारी
हरियो खुर्सानीमा भिटामिन ए पाइन्छ । यसको कारण हरियो खुर्सानी आँखाका लागि धेरै फाईदाजनक हुन्छ । यसबाहेक हरियो खुर्सानी खानाले छालालाइ चम्किलो बनाउछ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
हरियो खुर्सानीले प्राकृतिक रुपमा नै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने भएकाले क्यान्सरबाट बचाउन मद्दत गर्छ ।
मोटोपन कम गर्छ
यदि तपाईं खानेकुरामा निकै सोच्ने गर्नुहुन्छ र सधैँ कम क्यालोरीको खाना खानुहुन्छ भने हरियो खुर्सानी राम्रो विकल्प हुनसक्छ । हरियो खुर्सानीमा क्यालोरी हुँदैन । त्यस कारण डाइटिङ गरिरहनुभएको छ भने पनि हरियो खुर्सानी तपाईंका लागि निकै लाभदायक हुन्छ ।
क्यान्सरबाट बचाउँछ
पुरुषहरुमा प्रोस्टेट क्यान्सरको सम्भावना धेरै हुने गर्दछ । एक शोधका अनुसार खानामा हरियो खुर्सानीको प्रयोगले प्रोस्टेट क्यान्सरबाट बच्न सकिन्छ । हरियो खुर्सानीमा यस्तो तत्व पाइन्छ जसले क्यान्सरको जोखिमलाई कम गर्ने चिकित्सहरु बताउँछन् ।
जवान राख्छ
हरियो खुर्सानीमा भिटामिन इ को मात्रा धेरै हुने भएकाले छालालाई नरम बनाइराख्छ । यसले तपाईंको छालालाई सधैँ जवान र चम्किलो बनाउन सहयोग गर्छ ।
छालाको संक्रमण रोक्न
तपाईंको छाला निकै नै संवेदनशील छ र तपाईंलाई संक्रमणको समस्या भइरहन्छ भने हरियो खुर्सानीले तपाईंलाई राहत प्रदान गर्नेछ । हरियो खुर्सानीको एन्टिब्याटरियल तत्वले छालालाई संक्रमणबाट बचाउँछ । मधुमेह रोक्छ हरियो खुर्सानीले रगतमा हुने ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ । जसले मधुमेहको खतरा लगभग शून्य हुने गर्दछ । हरियो खुर्सानीमा पाइने फाइबरले खानालाई छिट्टै पचाउन सहयोग गर्छ ।
हड्डी बलियो बनाउछ
महिलाहरुका लागि हरियो खुर्सानी उनीहरुको हतियार हुन सक्छ । यसमा भरपूर मात्रामा आइरन पाइने भएकाले हड्डीलाई बलियो बनाउँछ र रगतलाई पनि बढाउने गर्छ । रोग प्रतिरोधात्मक क्षमता वृद्धि हरियो खुर्सानीमा भिटामिन सि हुने भएकाले भिटामिन सिको पूर्तिका साथै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ ।
नोट माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र(पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ । (ज्ञान विज्ञानबाट)

≪ Previous Post

बुद्धमूर्ति तोडफोडप्रति नेकपाको आपत्ति

Next Post ≫

गैडहवा गाउँपालिकामा बजेट पारित हुन सकेन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क