तिलोत्तमा, २ साउन । सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा नगर क्षेत्रमा लुम्बिनीको झल्को दिने गरी राखिएका गौतमबुद्धका मूर्तिहरु तोडफोड गरिएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमाले स्तव्ध भएको जनाएको छ ।
नेकपा तिलोत्तमा नगर कमिटीले बिहिबार एक विज्ञप्ति जारी गरेर घटनाले पार्टीलाई स्तव्ध भएको जनाएको छ । नगर अध्यक्ष मोहन चापागाईंद्वारा जारी विज्ञप्तिमा बुद्धमूर्ति तोडफोड जस्तो अराजक गतिविधिप्रति खेद व्यक्त गर्दै उक्त कार्यमा संलग्नलाई पहिचान गरी कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरिएको छ । विज्ञप्तिमा सामाजिक सदभाव तथा धार्मिक सहिष्णुता कायम राख्न र संयमता अपनाउन सबै पक्षलाई अपिल गरिएको छ ।
