बुटवल, ८ असोज । रुपन्देहीमा ८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा २३ महिला र ५९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बिहीबार बुटवल उपमहानगरपालिकाका ११ महिला र ३१ पुरुष गरी ४२ जना, तिलोत्तमा नगरपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जना, सिद्धार्थनगर नगरपालिकाका ३ महिला र ६ पुरुष गरी ९ जना, सैनामैना नगरपालिकाका २ महिला र ३ पुरुष गरी ५ जना, रोहिणी गाउँपालिकाका ३ पुरुष, देवदह नगरपालिकाका १ महिला र १ पुरुष गरी २ जना, र ओमसतिया गाउँपालिकाका २ जना नयाँ संक्रमित थपिएका छन् ।
योसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या २२ सय ८२ पुगेको छ । जिल्लामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १५ सय ३१ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।
यस्तै पूर्वी नवलपरासीमा बिहीबार १८ जना नयाँ संक्रमित थपिएका छन् । यो सहित नवलपुरमा संक्रमितको संख्या ८२६ पुगेको छ ।
विहीबार नवलपुरमा भरतपुरको चितवन मेडिकल कलेजबाट ८ जना, क्यान्सर अस्पतालबाट १ जना र पोखराबाट ९ गरी १८ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी गराउनु भयो । विहीबार थपिएका १८ जना मध्ये गैडाकोटका ८ जना, देवचुलीका १ र कावासोतीका ९ रहेका छन् ।
नवलपुरमा अहिलेसम्म कोरोनाका कारण ६ जनाको निधन भएको छ भने विहीबार निको भएका ८३ जना सहित ५ सय ४४ जनाले कोरोना जितेका छन् । नवलपुरमा विहीबार थपिएका नयाँ संक्रमित १८ जना सहित २ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् । ति मध्ये रजहरमा ६५ जना उपचाररत रहेका छन् भने बाँकी होम आइसोलेशन र भरतपुरका विभिन्न अस्पतालमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
