बुटवल, ८ असोज । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेण्ट (मेसु) डा. राजेन्द्र खनाललाई कोरोना भाइरस संक्रमण भएको छ । आफु कोरोना संक्रमित भएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएका डा. खनालले आफूलाई ज्वरो आएको र सुख्खा खोकी लागेकोले होम आइसोलेशनमा बसेको जानकारी गराउनुभएको छ ।
आफुसंग सम्पर्कमा रहेकाहरुलाई आफूसँग पछिल्लो ४–५ दिनदेखि सम्पर्कमा रहेकाहरुमा लक्षण देखिए अस्पतालको फिभर क्लिनिकमा आएर निःशुल्क पीसीआर परीक्षण गराउन र लक्षण नभएकाहरु ५–७ दिनको सेल्फ आइसोलेशनमा बसेर सरकारले तोकेका स्वास्थ्य मापदण्ड पूरा गर्न डा. खनालले आग्रह गर्नुभएको छ ।
सुरक्षित स्थानमा बस्न र लक्षण देखिए लुम्बिनी प्रादेशिक अस्पातालको फिवर क्लिनिकमा आएर पिसिआर परीक्षण गराउन आग्रह गर्नुभएको छ ।
अस्पतालमा आम नागरिकको स्वास्थ्य सेवामा खट्दै गर्दा आफुलाई कहांबाट कोरोना भाइरस संक्रमण भयो भन्ने यकिन नभएकाले रनभुल्लमा परेको उल्लेख गर्दै डा. खनालले छिट्टै निको भएर सेवामा फर्किने विश्वास व्यक्त गर्नुभएको छ ।