Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कैदीबन्दी जैसवालको मृत्युको निष्पक्ष छानबिन गर्न जवाफदेहिता निगरानी समितिको माग
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कैदीबन्दी जैसवालको मृत्युको निष्पक्ष छानबिन गर्न जवाफदेहिता निगरानी समितिको माग

संसारपोस्ट संवाददाता · ८ आश्विन २०७७ · 0
कैदीबन्दी जैसवालको मृत्युको निष्पक्ष छानबिन गर्न जवाफदेहिता निगरानी समितिको माग
100
SHARES
ShareTweet

बुटवल ८ असौज
केन्द्रिय कारागार सुन्धारा काठमाण्डौमा बन्दी जीवन विताई रहेका रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका ५ निवासी ६३ बर्षिय रामलखन जैसवालको मृत्युको निष्पक्ष छानबिन गर्न जवाफदेहिता निगरानी समितिले माग गरेको छ ।
यही असोज ३ गते कोरोनाबाट मृत्युभई वीर अस्पतालमा राखिएको भनिएको घट्नालाई उहाँको परिवारले रोगबाट मृत्यु नभई हत्या गरिएकोे दावी प्रति जवाफदेहिता निगरानी समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
केन्द्रिय कारागार विभाग तथा वीर अस्पतालका प्रशासनले जैसवालको मृत्यु हत्याबाट नभई कोभिडका कारणले भएको भनेर पत्रकार सम्मेलन मार्फत दाबी गरेपनि प्राप्त भिडिओवाट शंका गर्ने धेरै आधार भएको हुनाले उक्त घट्नालाई गम्भीरताका साथ छानबिन गरी तत्काल सत्यतथ्य सार्वजनिक गर्न नेपाल सरकारसमक्ष निगरानी समिति आग्रह गरेको छ ।
यस घट्नाबाट मुलुकका विभिन्न कारागारमा संवेदनशील तथा जोखिम अवस्थामा रहेका कैदीबन्दीलाई कोभिडको कारणले परिवार लगायत कसैसँग भेट गर्न बन्देज लगाइएको अवस्थामा शंकास्पद घटनाहरु हुन सक्ने मात्र नभएर कोभिड संक्रमणको नाममा हत्यासमेत हुने त्रास उब्जिएबाट केन्द्रिय कारागार लगायत मुलुकका विभिन्न कारागारमा रहेका कैदीबन्दीको सुरक्षाको व्यवस्था गर्न माग गरिएको छ ।
त्यस्तै कारागारमा कोभिडको संक्रमणको जोखिम कम गर्न कैदीबन्दीहरुको चाप कम गर्न सर्वोच्च अदालतले दिएको आदेशको पालना गर्न, कैदीबन्दीहरुलाई कोभिडको संक्रमणबाट बचाउने अन्य आवश्यक उपायहरु गम्भीरताका साथ अवलम्बन गर्न, कारागार व्यवस्थापनमा सुधार गर्न तथा सुरक्षित पूर्वक बाँच्न पाउने अधिकारको प्रत्याभुत र सम्मान गर्न सरकार तथा सम्बन्धित निकायहरुसमक्ष जोडदार माग गरिएको छं ।
साथै, बन्दी जैसवालको शंकास्पद मृत्यु भएको घटनाको निष्पक्ष छानविन तथा अनुसन्धान गरी हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको रक्षा गर्न र यदि हत्या भएको ठहर भएमा दोषीमाथि कानुन बमोजिम कारवाही गरी पीडित तथा तिनका परिवारलाई न्याय दिलाउन संस्थाका संयोजक चरण प्रसाईद्धारा जारी विज्ञप्तिमा सरकारसमक्ष हार्दिक अपिल गरिएको छं ।

≪ Previous Post

तिनाउ नदीले बुटवलको रानीगञ्जस्थित सुकुम्बासी बस्तीमा १ घर वगायो ४ जोखिममा

Next Post ≫

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट खनाललाई कोरोना संक्रमण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क