Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पाल्पाको फोक्सिङकोटमा पहिरो, एकै घरका पाँच सहित ६ जना वेपत्ता
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाल्पाको फोक्सिङकोटमा पहिरो, एकै घरका पाँच सहित ६ जना वेपत्ता

संसारपोस्ट संवाददाता · ८ आश्विन २०७७ · 0
पाल्पाको फोक्सिङकोटमा पहिरो, एकै घरका पाँच सहित ६ जना वेपत्ता
100
SHARES
ShareTweet

बुटवल ८ असौज
गत मंगलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोमा पुरिएर पाल्पामा एकै घरका पाँच र अर्का एक घरका एक गरि ६जना वेपत्ता भएका छन । विहिवार विहान पूर्वी पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोट स्थित गहिराटोल बेलौजामा पहिरो गएको हो ।
पहिरोले फोक्सिङकोट बेलौजाका दुइ घर पुरिएका छन् ।स्थानीय हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिदा ६ जना बेपत्ता भएको वडा अध्यक्ष उमानसिंह सारूले बताउनु भयो । विहान ४ बजे तिर गएको पहिरोमा परी सुतिरहेका हुमबहादुर गाहा, उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनिहरू आशिका गाहा र खुमिसरा गाहा बेपत्ता भएका हुन । वडाध्यक्षका अनुसार मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएका छन् । अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले उनिहरू पुरिएका हुन् । त्यस्तै फोक्सिङ्कोटकै सुरूमडाँडामा पहिरोले घर पुरिएर एक महिला समेत बेपत्ता भएको स्थानीयले वताएका छन ।
घटनास्थल सदरमूकाम भन्दा टाढा र विकट भएकाले सुरक्षाकर्मी पुग्न कठिन भइरहेको वताइएको छ । बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो । जिल्ला प्रहरी कार्यालय, पाल्पाले घटना ःथलमा प्रहरी परिचालन भएको वताएको छ ।

≪ Previous Post

बुटवल कोरोना अस्पतालमा दुईजना संक्रमितको मृत्यु

Next Post ≫

स्याङजामा पहिरोमा परि एकै परिवारका ९सहित १० जनाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क