Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ विद्युत प्राधिकरणको जिप खोलाले बगायो, चालकको मृत्यु दुईजना बेपत्ता
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विद्युत प्राधिकरणको जिप खोलाले बगायो, चालकको मृत्यु दुईजना बेपत्ता

संसारपोस्ट संवाददाता · ७ आश्विन २०७७ · 0
विद्युत प्राधिकरणको जिप खोलाले बगायो, चालकको मृत्यु दुईजना बेपत्ता
90
SHARES
ShareTweet

कपिलवस्तु, ७ असोज । कपिलवस्तुको कोइली खोलाले नेपाल विद्युत प्राधिकरणका कर्मचारी सवार जिप खोलाले बगाउंदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
नेपाल विद्युत प्राधिकरणको कपिलवस्तुको गजेहडा स्थित विद्युत वितरण केन्द्रका कर्मचारी सवार बा. १ च. १०८९ नं को बोलेरो जिप बुधवार दिउसो कोईली खोलाले बगाएको हो । सो जिपमा प्राधिकरणका कर्मचारी सहित छ जना सवार रहेका थिए । मंगलवार रातिदेखि परेको अविरल वर्षाका कारण कोइली खोलामा आएको बाढीले जीप बगाउँदा एक जनाको मृत्यु भएको छ भने २ जना वेपत्ता भएका छन् ।
नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्र गजहेडाको जीप संगै खोलामा बगेका जिपका चालक ३५ वर्षीय माधवप्रसाद पाण्डेको शव फेला परेको र विद्युत वितरण केन्द्र चार नम्बरका प्रमुख कृष्णप्रसाद पौडेल र कर्मचारी केशव भाट क्षेत्री वेपत्ता रहेको इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुले जनाएको छ । जीप खोलाले बगाएपछि उद्धारमा खटिएको जनपद र शसस्त्र प्रहरीको टोलीले खोलामा डुवेको जिप भित्रबाट चालक पाण्डेको शव वाहिर निकालेका थिए ।
जिप संगै खोलामा बगेका अन्य तिन जना भने पौडी खेलेर बच्न सफल भएको कपिलवस्तु प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विद्युतका कर्मचारी विजय पोखरेल, परशुराम थारु र स्थानीय शिक्षक कोपिला अधिकारी पौडी खेलेर बच्न सफल भएका हुन् । जिपमा सवार दुई जना वेपत्ताहरुको खोजीका लागि जनपद प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको प्रहरीले जनाएको छ ।
यसैविच कपिलवस्तुको कोइली खोलाले बगाएको जिप भने भेटिएको छ । दुर्घटना पश्चात उद्धारमा खटिएका जनपद, शसस्त्र र नेपाली सेनाको टोलीले जीपलाई भने खोलाबाट बाहिर निकालेका छन् ।

≪ Previous Post

मुलुकभर थप एक महिना लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

Next Post ≫

बुटवल कोरोना अस्पतालमा दुईजना संक्रमितको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क