Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कम्पनीलाई कारवाही मालिकलाई पदकवाट विभूषित
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कम्पनीलाई कारवाही मालिकलाई पदकवाट विभूषित

संसारपोस्ट संवाददाता · ७ आश्विन २०७७ · 0
कम्पनीलाई कारवाही मालिकलाई पदकवाट विभूषित
50
SHARES
ShareTweet

बुटवल ७ असौज
सुन्दा पनि कती नमजा लाग्ने हर्कत गरेको सरकारले । राष्ट्रलाई महत्वपूर्ण योगदान दिने व्यक्तिहरूलाई प्रदान गर्ने पदक सरकारले विवादित व्यक्तिलाई दिएर पदककै अपमान गरेको छ । राष्ट्रको शिर उच्च बनाउने काम गर्ने व्यक्तिलाई दिनुपर्ने पदक पैसा र पावरमा खरिद–बिक्री हुने गरेको पाइएको छ । राज्यलाई कर छली गर्ने र उपभोक्तालाई खुलेआमरूपमा ठग्दै आएको संस्थाका मूल व्यक्तिलाई यसपटक पदक दिएर पुरस्कृत गर्ने काम भएको छ ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर कार्यान्वयनमा आइसक्दा अझै पनि पञ्चायती र राणा शासनकै शैलीमा तक्मा वितरणले निरन्तरता पाउँदै आएको छ । विभूषण ऐन २०६४ अनुसार राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई मुुलुकका तर्फबाट कदर तथा सम्मानस्वरूप मानपदवी, अलंकार तथा पदकजस्ता विभूषण ९तक्मा० प्रदान गर्नुपर्ने प्रावधान छ ।

तर, तक्मा वितरण गर्दा यो कानुनी प्रावधानलाई पूर्णरूपमा बेवास्ता गर्दै सरकारले नै कारबाहीको दायरामा ल्याएका शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नै तक्मा दिएको छ । सरकारको करोडौं लगानीमा हुने तक्मा वितरण कार्यक्रम यस वर्ष पनि विवादित बन्न पुगेको छ । व्यक्तिगत सोर्सफोर्स र पहँचका आधारमा तक्मा वितरण हुने क्रम बढेपछि बर्सेनी विवादित बन्दै आएको छ ।

प्रत्येक वर्ष गृह मन्त्रालयले गणतन्त्र दिवसको दिन घोषणा गर्ने मानपदवी, अलंकार तथा पदकजस्ता बहुमूल्य तक्मा ९विभूषण० मापदण्डका आधारमा भन्दा पनि पहुँच, सोर्सफोर्सवाला, पार्टीनिकट र उच्च शक्तिधारीले मात्रै पाउने गरेका छन् ।यस वर्षको संविधान दिवसका अवसरमा विवादित व्यवसायी शंकर ग्रुपका शंकरलाल अग्रवाललाई प्रबल जनसेवा श्री ९चतुर्थ०बाट विभूषित गरिएको छ ।

शंकर ग्रुपकै जगदम्बा स्टिल गुणस्तरहीन भएको भन्दै सरकारले कारबाही प्रक्रिया अगाडि बढाएको छ । सरकारले संविधान दिवसको अवसरमा ५ सय ८६ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा ९तक्मा० विभूषित गरिने घोषणा गरेको छ ।सरकारले तक्मा दिएको शंकर ग्रुपका सञ्चालक अग्रवालले उत्पादन गरेको छड गुणस्तरहीन भएको भन्दै सरकारले नै कारबाही गरेको थियो । गुणस्तरहीन छड उत्पादन गरेको भन्दै गुणस्तर तथा नापतौल विभागले जगदम्बा स्टिलको बिक्रीमा नै रोक लगाएको छ ।

गत भदौ ३० गते विभागले कम्पनीबाट उत्पादन हुने १६ एमएमको छडको इजाजत पनि स्थगन गरेको छ भने तीन सय टन उत्पादित छड बिक्रीमा रोक लगाएको छ । टीएमटी बार १६ एमएमको जगदम्बा छडमा कार्बन र सल्फरको मान नेपाल गुणस्तर मापदण्डभन्दा फरक रहेको विभागले जनाएको छ । गुणस्तर मापदण्डअनुसार छडमा ०।३० प्रतिशत हुनुपर्ने कार्बनको मात्रा ०।३५ प्रतिशत पाइएको थियो । यस्तै ०।०६० प्रतिशत रहनुपर्ने सल्फर ०।०५५ पाइएको थियो ।

विवादित व्यापारी शंकर अग्रवाललाई तक्मा दिने निर्णयप्रति सरकारको चौतर्फीरूपमा आलोचना भएको छ । शंकर ग्रुपले तक्मा सिफारिस समितिमा रहेका सदस्यहरूलाई मोटो रकम बुझाएर तक्मा पाउन सफल भएको बताइएको छ । तक्मा थापेर आफ्ूले गरेको गलत कामको ढाकछोप गर्ने नीति लिएको बुझिन्छ ।

सत्तारूढ दल नेकपाका नेता ठाकुर गैरेले राष्ट्रलाई योगदान दिएका विशिष्ट व्यक्तिलाई दिनुपर्ने तक्मा र सम्मान मनपरी ढंगले वितरण हँुदा सम्मानको ओझ नै घट्दै गएको बताउनुभयो । ‘राष्ट्रलाई योगदान दिने व्यक्तिलाई सरकारले सम्मान गर्नुपर्छ, तर विवादित व्यक्तिलाई तक्मा बाँड्ने काम बन्द गर्नुपर्छ ।’ –उहाँले भन्नुभयो ।

कालोबजारी गरेको आरोपमा शंकर अग्रवालका जेठा छोरा तथा शंकर समूहका मालिक सुलभ अग्रवाल पक्राउ परेका थिए । जगदम्बा स्टिल्सका सञ्चालकसमेत रहेका अग्रवाललाई कालोबजारी गरेको आरोपमा प्रहरीले स्टिङ अपरेसन गरेर पक्राउ गरेको थियो । ६७ थान थर्मलगतसहित प्रहरीले पक्राउ गरेको थियो ।

≪ Previous Post

अध्यक्षद्वयलाई मन्त्रिमण्डल पुनर्गठनको जिम्मा

Next Post ≫

प्रदेश ५ मा प्रहरीको फरार अपराधी पहिचान र पक्राउ अभियान : ५ महिनामा ३३९ फरार अपराधी पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क