बुटवल ७ असौज
सुन्दा पनि कती नमजा लाग्ने हर्कत गरेको सरकारले । राष्ट्रलाई महत्वपूर्ण योगदान दिने व्यक्तिहरूलाई प्रदान गर्ने पदक सरकारले विवादित व्यक्तिलाई दिएर पदककै अपमान गरेको छ । राष्ट्रको शिर उच्च बनाउने काम गर्ने व्यक्तिलाई दिनुपर्ने पदक पैसा र पावरमा खरिद–बिक्री हुने गरेको पाइएको छ । राज्यलाई कर छली गर्ने र उपभोक्तालाई खुलेआमरूपमा ठग्दै आएको संस्थाका मूल व्यक्तिलाई यसपटक पदक दिएर पुरस्कृत गर्ने काम भएको छ ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर कार्यान्वयनमा आइसक्दा अझै पनि पञ्चायती र राणा शासनकै शैलीमा तक्मा वितरणले निरन्तरता पाउँदै आएको छ । विभूषण ऐन २०६४ अनुसार राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई मुुलुकका तर्फबाट कदर तथा सम्मानस्वरूप मानपदवी, अलंकार तथा पदकजस्ता विभूषण ९तक्मा० प्रदान गर्नुपर्ने प्रावधान छ ।
तर, तक्मा वितरण गर्दा यो कानुनी प्रावधानलाई पूर्णरूपमा बेवास्ता गर्दै सरकारले नै कारबाहीको दायरामा ल्याएका शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नै तक्मा दिएको छ । सरकारको करोडौं लगानीमा हुने तक्मा वितरण कार्यक्रम यस वर्ष पनि विवादित बन्न पुगेको छ । व्यक्तिगत सोर्सफोर्स र पहँचका आधारमा तक्मा वितरण हुने क्रम बढेपछि बर्सेनी विवादित बन्दै आएको छ ।
प्रत्येक वर्ष गृह मन्त्रालयले गणतन्त्र दिवसको दिन घोषणा गर्ने मानपदवी, अलंकार तथा पदकजस्ता बहुमूल्य तक्मा ९विभूषण० मापदण्डका आधारमा भन्दा पनि पहुँच, सोर्सफोर्सवाला, पार्टीनिकट र उच्च शक्तिधारीले मात्रै पाउने गरेका छन् ।यस वर्षको संविधान दिवसका अवसरमा विवादित व्यवसायी शंकर ग्रुपका शंकरलाल अग्रवाललाई प्रबल जनसेवा श्री ९चतुर्थ०बाट विभूषित गरिएको छ ।
शंकर ग्रुपकै जगदम्बा स्टिल गुणस्तरहीन भएको भन्दै सरकारले कारबाही प्रक्रिया अगाडि बढाएको छ । सरकारले संविधान दिवसको अवसरमा ५ सय ८६ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा ९तक्मा० विभूषित गरिने घोषणा गरेको छ ।सरकारले तक्मा दिएको शंकर ग्रुपका सञ्चालक अग्रवालले उत्पादन गरेको छड गुणस्तरहीन भएको भन्दै सरकारले नै कारबाही गरेको थियो । गुणस्तरहीन छड उत्पादन गरेको भन्दै गुणस्तर तथा नापतौल विभागले जगदम्बा स्टिलको बिक्रीमा नै रोक लगाएको छ ।
गत भदौ ३० गते विभागले कम्पनीबाट उत्पादन हुने १६ एमएमको छडको इजाजत पनि स्थगन गरेको छ भने तीन सय टन उत्पादित छड बिक्रीमा रोक लगाएको छ । टीएमटी बार १६ एमएमको जगदम्बा छडमा कार्बन र सल्फरको मान नेपाल गुणस्तर मापदण्डभन्दा फरक रहेको विभागले जनाएको छ । गुणस्तर मापदण्डअनुसार छडमा ०।३० प्रतिशत हुनुपर्ने कार्बनको मात्रा ०।३५ प्रतिशत पाइएको थियो । यस्तै ०।०६० प्रतिशत रहनुपर्ने सल्फर ०।०५५ पाइएको थियो ।
विवादित व्यापारी शंकर अग्रवाललाई तक्मा दिने निर्णयप्रति सरकारको चौतर्फीरूपमा आलोचना भएको छ । शंकर ग्रुपले तक्मा सिफारिस समितिमा रहेका सदस्यहरूलाई मोटो रकम बुझाएर तक्मा पाउन सफल भएको बताइएको छ । तक्मा थापेर आफ्ूले गरेको गलत कामको ढाकछोप गर्ने नीति लिएको बुझिन्छ ।
सत्तारूढ दल नेकपाका नेता ठाकुर गैरेले राष्ट्रलाई योगदान दिएका विशिष्ट व्यक्तिलाई दिनुपर्ने तक्मा र सम्मान मनपरी ढंगले वितरण हँुदा सम्मानको ओझ नै घट्दै गएको बताउनुभयो । ‘राष्ट्रलाई योगदान दिने व्यक्तिलाई सरकारले सम्मान गर्नुपर्छ, तर विवादित व्यक्तिलाई तक्मा बाँड्ने काम बन्द गर्नुपर्छ ।’ –उहाँले भन्नुभयो ।
कालोबजारी गरेको आरोपमा शंकर अग्रवालका जेठा छोरा तथा शंकर समूहका मालिक सुलभ अग्रवाल पक्राउ परेका थिए । जगदम्बा स्टिल्सका सञ्चालकसमेत रहेका अग्रवाललाई कालोबजारी गरेको आरोपमा प्रहरीले स्टिङ अपरेसन गरेर पक्राउ गरेको थियो । ६७ थान थर्मलगतसहित प्रहरीले पक्राउ गरेको थियो ।