Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ अध्यक्षद्वयलाई मन्त्रिमण्डल पुनर्गठनको जिम्मा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अध्यक्षद्वयलाई मन्त्रिमण्डल पुनर्गठनको जिम्मा

संसारपोस्ट संवाददाता · ७ आश्विन २०७७ · 0
अध्यक्षद्वयलाई मन्त्रिमण्डल पुनर्गठनको जिम्मा
40
SHARES
ShareTweet

,काठमाडौं ७ असौज

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले मन्त्रिमण्डल पुनर्गठनको निर्णय गर्ने अधिकार पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । सचिवालयको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको तीन विकल्पको आधारमा मापदण्ड तय गर्न नसकेपछि दुई अध्यक्षले सहमति गरेर मन्त्रिमण्डल पुनर्गठन गरिने भएको छ । सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनको एजेण्डा पहिलो नम्बरमा राखिए पनि ठोस निर्णय हुन सकेन ।

मन्त्रिमण्डल पुनर्गठनको विषयमा सोमवार अध्यक्षद्धय ओली र प्रचण्डबीच छलफल भएर उक्त एजेण्डामा प्रवेश नै नगरेको बताइएको छ । सचिवालयका एक सदस्यका अनुसार मन्त्रिमण्डल पुनर्गठनको विषयमा अध्यक्षद्धयले सहमति कायम गरेर निर्णय गर्ने अधिकार दिइएको छ । त्यसैगरी बैठकले पार्टीको सांगठनिक एकीकरणका बाँकी कामलाई पूरा गर्नका लागि १० दिनभित्र कार्ययोजना बनाउन अध्यक्षद्वय ओली प्रचण्डका साथै महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले कार्ययोजनाबारे फेरि सचिवालयमा छलफल गरेर निष्कर्षमा पुग्ने तय गरेको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले संवैधानिक आयोगमा रिक्त रहेका पदपूर्तिका साथै राजनीतिक नियुक्ति पनि छिटो गरिसक्न सरकारलाई आग्रह गरेको बताउनुभयो ।

संवैधानिक परिषद्को छिटो बैठक गरेर रिक्त रहेको ठाउँमा तत्काल पदपूर्ति गर्न प्रधानमन्त्री ओलीलाई बैठकले आग्रह गरेको उहाँको भनाई थियो । बाँकी रहेका विविध एजेन्डामा २–३ दिन भित्र बैठक बसेर छलफल र निर्णय गरिने बताउदै उहाँले मन्त्रिमण्डल पुनर्गठनका लागि मापदण्ड तयार गर्ने अपेक्षा गरिएको कुनै निर्णय नभएको बताउनुभयो ।
्र
प्रवक्ता श्रेष्ठले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गरिएकोमा सर्वोच्चमा रिट परेको विषयमा सरकारलाई सर्वोच्चबाट जानकारी आइनसकेको जानकारी दिदै औपचारिक जानकारी आएपछि कसरी अघि बढ्ने भन्नेमा आवश्यक छलफल र निर्णय लिइने बताउनुभयो । कुलमान घिसिङको पुनः नियुक्तिको विषयमा राखिएको जिज्ञासामा प्रवक्ता श्रेष्ठले सचिवालय बैठकमा घिसिङको बारेमा कुनै छलफल नभएको जानकारी दिनुभयो ।

मन्त्रिमण्डल पुनर्गठन गर्ने विषय प्रवेश भएसँगै प्रधानमन्त्री निवास वालुवाटा र प्रचण्ड निवास खुमलटारमा हाल मन्त्री रहेकाहरुले निरन्तरतताका लागि नयाँले नियुक्तिका लागि दौडधुप थालेका छन् । गत आइतवार पार्टी कार्यालय पेरिसडाँडामा सचिवालयको बैठक बसेपनि पार्टीको बैठक पुनः प्रधानमन्त्री निवासमै बस्न लागेको छ ।

≪ Previous Post

तिलोत्तमामा आयुर्वेद औषधालय सहित १३ वटा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन

Next Post ≫

कम्पनीलाई कारवाही मालिकलाई पदकवाट विभूषित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क