Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमामा आयुर्वेद औषधालय सहित १३ वटा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमामा आयुर्वेद औषधालय सहित १३ वटा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन

संसारपोस्ट संवाददाता · ६ आश्विन २०७७ · 0
तिलोत्तमामा आयुर्वेद औषधालय सहित १३ वटा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन
100
SHARES
ShareTweet

तिलोत्तमा, ६ असोज । तिलोत्तमा नगरपालिकाको वडा नं १ र ३ मा दुई वटा सरकारी स्वास्थ्य संस्था सञ्चालनमा आएका छन् । दुई वटा स्वास्थ्य संस्था सञ्चालनमा आएसँगै नगरपालिकामा एउटा आयुर्वेद औषधालयसहित सरकारी स्वास्थ्य संस्थाको संख्या १३ पुगेको छ । मंगलबारदेखि वडा नं. १ र ३ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएका हुन् ।
वडा नं. १ को शिव चोक र वडा नं. ३ को सीमानगरमा स्थापना गरिएको आधारभूत स्वास्थ्य केन्द्रको नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गर्नुभयो । स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख घिमिरेले पछिल्लो समय तिलोत्तमाका सरकारी स्वास्थ्य संस्थामा धेरै परिवर्तन आएको बताउँदै सरकारी स्वास्थ्य संस्थाबाट पनि गुणस्तरीय सेवा पाइन्छ भन्नेमा विश्वस्त रहन नगरबासीलाई आग्रह गर्नुभयो ।
नगरपालिकाले केही दिनभित्रैं वडा नं. ९ र १२ मा पनि आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रवाह गर्ने तयारी गरेको छ । हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था स्थापना गर्ने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने कामलाई अगाडि बढाउनुका साथै स्वास्थ्य केन्द्रका आफ्नै सुविधासम्पन्न भवनहरु पनि निर्माण भैरहेका नगरपालिकाले जनाएको छ ।
हालसम्म तिलोत्तमाका वडा नं. १, २, ३, ४, ६, ७, ८, १०, ११, १४, १६ र १७ मा सरकारी स्वास्थ्य संस्थाहरु सञ्चालनमा आएका छन् । आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमै पुर्याउने सरकारी नीतिअनुरुप हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आउन थालेका हुन् । आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचार, परिवार नियोजन, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच तथा सुत्केरी जाँच, खोपलगायतका सेवाहरु उपलब्ध छन् । केन्द्रमा पारामेडिक्सको नेतृत्वमा स्वास्थ्यकर्मीहरु कार्यरत छन् ।
वडा नं १ र ३ मा स्थापना गरिएका स्वास्थ्य केन्द्र सञ्चालन कार्यक्रममा नगर उप–प्रमुख जगेश्वरदेवी चौधरी, वडा नं. १ का वडाध्यक्ष तामानाथ पाण्डे, वडा नं. ३ का अध्यक्ष टंकप्रसाद तिवारी, स्वास्थ्य शाखा प्रमुख मोति पौडेल, सिनियर अहेव अधिकृत गणेश गौतम, केशव भट्टराई लगायतले बोल्दै आधारभूत स्वास्थ्य केन्द्रवाट भरपुर सेवा लिन नगरवासीलाई आग्रह गर्नुभयो ।

≪ Previous Post

खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री

Next Post ≫

अध्यक्षद्वयलाई मन्त्रिमण्डल पुनर्गठनको जिम्मा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क