Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री

संसारपोस्ट संवाददाता · ६ आश्विन २०७७ · 0
खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री
80
SHARES
ShareTweet

बुटवल, ६ असोज । प्रदेश ५ का मुख्यमन्त्री शँकर पोखरेलले खेलकुदको विकासका लागि प्रतिवद्ध रहेको बताउनु भएको छ । मुख्यमन्त्री पोखरेलले खेलकुदको विकास र संरक्षणका लागि प्रदेश सरकारले खेल आवद्ध संघ संस्थाहरुसंगै मिलेर काम गर्ने समेत प्रष्ट पार्नु भएको छ । युवाहरुको चाहना र राष्ट्रको पहिचानका लागि खेलको विकास जरुरी रहेको बताउदै मुख्यमन्त्री पोखरेलले यसका लागि प्रदेश सरकार सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
नेपाल मार्शल आर्ट हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरसहितको प्रतिनिधिमण्डलसंगको भेटमा मुख्यमन्त्री पोखरेलले खेलकुदको विकासका लागि पूर्वाधार क्षेत्रको विकासमा ध्यान दिन जरुरी रहेको बताउदै ५ नं प्रदेशमा हाप्किडो खेलसहित सबै खेलको विकास र संरक्षणका लागि सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
मुख्यमन्त्री पोखरेलले कोरोनाका कारण वर्तमान असहज अवस्थामा खेल गतिविधि तथा प्रतियोगिताहरु आयोजना गर्न कठिनाई भएको कुरामा आफु जानकार रहेको उल्लेख गर्दै आगामी दिनमा परिस्थिति अनुसार सुस्तसुस्त खेलका गतिविधिहरु अगाडी बढाउन आग्रह गर्नुभयो । उहांले प्रदेश सरकारले यस क्षेत्रमा खेल मैदानको निमार्णमा विषेश ध्यान दिएको र त्यसमा रकमको कमी हुन नदिने प्रयास गरेको जानकारी गराउनु भयो । उहांले खेल क्षेत्रलाई राजनीतिक हस्तक्षेपले विगारेको गुनासो धेरै रहेको हुदा त्यसमा सचेत भएर खेल र खेलाडीको संरक्षणमा लाग्न सुझाव पनि दिनु भयो ।
सो अवसरमा नेपाल मार्शल आर्ट हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले नेपालमा हाप्किडो मार्शल आर्ट खेल भर्खर मात्र खेलिन थालिएको र मान्यता प्राप्त गरेको खेल भएका कारण यसको विकास गरेर लैजान बढि मिहेनत गर्नु परेको बताउनु भयो ।
अध्यक्ष घर्तीले हाप्किडो संघको पहलमा केन्द्र तथा प्रदेशस्तरिय सेमिनार एंव प्रतियोगिता गर्दै आएको अवस्थामा कोरोनाका कारण पछिल्लो ६ महिना कुनै औपचारिक गतिविधि गर्न नपाउदा खेलको विकासमा बाधा उत्पन्न भएको गुनासो गर्नु भयो ।
नेपाल मार्सल आर्टस हाप्किडो संघ, प्रदेश ५ र नेपाल मार्शल आर्टस् हाप्किडो संघको आयोजनामा २०७६ चैतमा प्रथम लुम्बिनी मार्शल आर्टस् हाप्किडो खुल्ला राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्ने तयारी गरेकोमा कोरोनाका कारण स्थगित गर्नु परेको अध्यक्ष घर्तीले जानकारी गराउनु भयो । उहांले स्थगित भएको प्रतियोगिता अनुकुल समयमा छिटै आयोजना गर्ने सोंच बनाएको हुदा प्रदेश सरकारकातर्फबाट आवश्यक सहयोगका लागि मुख्यमन्त्रीसंग आग्रह गर्नु भयो । सो प्रस्तावमा मुख्यमन्त्री सकारात्मक रहनु भएको अध्यक्ष घर्तीले बताउनु भयो ।
संघले गत चैत २४, २५ र २६ गते राष्ट्रिय स्तरको प्रतियोगिता बुटवलमा गर्न लागेको घोषणा गरेको थियो । प्रतियोगितामा महिला र पुरुष तर्फ २५ देखि ७० केजीसम्मका प्रतिस्पर्धाहरु हुने र करिव ५ सय खेलाडी सहभागी हुने अनुमान थियो । तर कोरोनाका कारण अन्तिम समयमा प्रतियोगिता स्थगित गर्नु परेको थियो । संघले रोल्पामा शहिद स्मृति मार्सल आर्ट्स हाप्किडो प्रथम राष्ट्रिय च्याप्यिनसिप तथा पोखरामा अन्तर्राष्ट्रिय सेमिनार गरेको केन्द्रीय महासचिव सम्भव बिसीले जानकारी दिनुभयो ।
सो अवसरमा संघका केन्द्रीय अध्यक्ष घर्तीले मुख्यमन्त्री पोखरेललाई संघले प्रकाशन गरेको हाप्किडो म्याग्जीन हस्तान्तरण गर्नु भएको थियो । सो म्याग्जीनमा संघले आयोजना गरेका प्रतियोगिता र अन्य गतिविधिहरु समावेश गरिएको छ ।
संघले सो म्याग्जीन प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती तथा समाजिक विकास मन्त्री सुर्दशन वराललाई समेत छुट्टाछुटै भेटगरी हस्तान्तरण गरेको छ ।

≪ Previous Post

जागरण मिडिया सेन्टरको अध्यक्षमा कमला

Next Post ≫

तिलोत्तमामा आयुर्वेद औषधालय सहित १३ वटा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क